५७ करोडको सुन्तला विक्री
शुक्रबार, माघ ७, २०७८
पाल्पामा पत्रकारले लगाए बुस्टर डोज
बिहीबार, माघ ६, २०७८
अग्रपंक्तिमा खटिएका जिल्लाका पत्रकारहरुले कोरोनाविरुद्धको बुस्टर (तेस्रो) डोजको खोप लगाएका छन् । संघीय सरकारमार्फत प्राप्त खोप जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा गत असारअगाडि दोस्रो मात्राको खोप लगाएका पत्रकारहरुलाई बुस्टर डोज दिइएको हो ।
तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने
बिहीबार, माघ ६, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । कोरोना सक्रमणको दर उच्च भएपछि गाउँपालिकाले कोभिड आईसोलेसन अस्पताल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
पाल्पामा विहीबार थपिए ४९ संक्रमित
बिहीबार, माघ ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ४९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
अगाहखोलाको गोतामेमा पुलको सर्वे
बिहीबार, माघ ६, २०७८
जिल्लाको माथागढी गाउँपालिका र रम्भा गाउँपालिका जोड्ने अगाहखोलाको गोतामे घाटमा ट्रस पुल निर्माणका लागि स्थलगत सर्वे गरिएको छ । माथागढी गाउँपालिकाले उक्त स्थानमा पुल निर्माणका लागि सर्वे गर्ने काम गरेको हो । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र इञ्जिनियरहरुको टोलीले उक्त स्थानमा पुनर्निर्माणका लागि स्थलगत सर्वे गरेको छ ।
दराज नेपालको प्रबन्ध निर्देशकमा कुंवर
बिहीबार, माघ ६, २०७८
नेपालको अग्रणी अनलाइन बजार दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छन् । उनलाई कम्पनीले पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको हो । दराज अलिबाबा समूहको लगानी रहेको कम्पनी हो । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा नियुक्तिको घोषणा गरेका थिए ।
स्थानीय निर्वाचनका कुरा
बिहीबार, माघ ६, २०७८
स्थानीय निर्वाचनको तयारीका विषयमा मंगलबार बसेको सर्वदलीय बैंठक निर्णयमा पुग्न नसके पछि स्थानीय निर्वाचन निर्धारित कार्यतालिकामा हुन सक्दैन कि भन्ने चिन्ता झन्भन्दा झन् बढको छ । २०७८ चैत्रदेखि स्थानीय सरकारको म्याद अवधि सकिने कानूनी प्रावधानसंगै म्याद सकिएको तीन महिना भित्र निर्वाचनका माध्यमबाट नयाँ कार्यपालिकालाई कार्याभार हस्तान्तरण गरी सक्नुपर्ने प्रावधानका विषयमा...
पाल्पामा आफ्नै शरीरमा मट्टितेल खन्याएर एक व्यक्तिले गरे आत्मदाह
बिहीबार, माघ ६, २०७८
जिल्लाको माथागढी गाउँपालिका ३ मा एक व्यक्तिले आफ्नै शरीरमा मट्टितेल खन्याएर आत्मदाह गरेका छन् । माथागढी–३, सराईका ५६ वर्षीय तालबहादुर कामीले आफ्नै शरीरमा मट्टितेल खन्याएर आत्मदाह गरेका हुन् ।
तानसेनका युवा उद्यमीलाई विना धितो सहुलियत दरमा ऋण
बुधबार, माघ ५, २०७८
तानसेन नगरपालिकाले नगरका युवाहरुलाई विना धितो सहुलियत दरमा ऋण प्रदान गरेको छ । नगरका १४ वटै वडाहरुका युवाहरुलाई उद्यमी बनाउने अभियानाका साथ तानसेन नगरपालिकाले ग्लोवल आई एमईबैक, हेफर ईन्टरनेशनल, ग्रामिण आर्थिक विकास संघ रेडाको साझेदारीमा युवाहरुलाई विना धितो ऋण सहयोग गरेको हो ।


