Shittalpati
सेना दिवस मनाइँदै
सेना दिवस मनाइँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।
महाशिवरात्री र यसको महिमा
महाशिवरात्री र यसको महिमा आज फागुन कृष्ण चतुर्दशी तिथि हिन्दू धर्मावलम्बीहरुको प्रमुख पर्व महाशिवरात्री । नेपालमा प्रचलित विभिन्न पर्वहरु मध्ये शिवरात्री पनि एक हो । फागुन कृष्ण चतुर्दर्शी तिथिको मध्यरात्रीमा करौडौं सूर्यमान कान्ति भएको ज्योतिर्लिङ्ग स्वरुप भगवान शिव उत्पत्ति हुनु भएको बृतान्त शास्त्रहरुमा पाइन्छ ।
महाशिवरात्रि पर्व र यसको महत्व
महाशिवरात्रि पर्व र यसको महत्व हिन्दु धर्मालम्वीहरुको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि पर्व एक महान पर्व हो ।
आज देशभर महाशिवरात्रि पर्व मनाइँदै
आज देशभर महाशिवरात्रि पर्व मनाइँदै प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गरी यो पर्व मनाउँदै छन् ।
पाल्पामा ७ जना बन्दकर्ता पक्राउ
पाल्पामा ७ जना बन्दकर्ता पक्राउ अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा ६ दलीय मोर्चाले गरेको बन्दका क्रममा पाल्पामा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । तानसेनको आन्दोलनचोकमा जबर्जस्ती भेला गराएर सडक अबरोध गरेको भन्दै पाल्पा प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन
एमसीसी सम्झौता संसदबाट अनुमोदन प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई बहुमतले अनुमोदन गरेको हो ।
पाल्पाको हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
पाल्पाको हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु जिल्लाको रम्भा गाउँपालिका १, हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा हुँगीबाट रामपुरतर्फ जाँदै गरेको लु ७ प ५०४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रम्भा –१ असर्दीका १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको हो ।
अचेत अवस्थामा भेटिएका तानसेनका एक युवकको मृत्यु
अचेत अवस्थामा भेटिएका तानसेनका एक युवकको मृत्यु अचेत अवस्थामा भेटिएका तानसेनका एक युवकको मृत्यु भएको छ । आइतबार राती अचेत अवस्थामा भेटिएका तानसेन नगरपालिका १ गैरगाउँका २८ वर्षीय सुदिप अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो ।
‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पाल्पामा हुने
‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पाल्पामा हुने सञ्जय स्मृति प्रतिष्ठानले आगामी चैत २४ देखि २६ सम्म ‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ गर्ने भएको छ ।
सुजल फुड्सको ‘फ्रेसो ब्रेथ’
सुजल फुड्सको ‘फ्रेसो ब्रेथ’ सुजल फुड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनीले ‘फ्रेसो ब्रेथ’ नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ ।
पर्यटकको आकर्षण केन्द्र बन्दै पाल्पा दरबार संग्रहालय
पर्यटकको आकर्षण केन्द्र बन्दै पाल्पा दरबार संग्रहालय गुल्मी रुरु क्षेत्र गाउँपालिका थोर्गाकी राधिका भण्डारी केही वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आएकी छन् । काठमाडौँमा बस्न थालेपछि उनी ग्रामीण क्षेत्रमा उत्पादित वस्तु तथा पुराना संरचना बिर्सिसकेकी थिइन । संग्रहालयमा ऐतिहासिक सम्पदाहरु देख्दा मनै लोभ्याएको छ । पाल्पा दरबार संग्रहालयमा अवलोकनका लागि प्रवेश गरेपछि बालापनको सम्झना आयो ।
Weather Update