Shittalpati
तानसेनमा पाँच दिने राजयोग शिविर सञ्चालन

कृष्ण पोखरेल
पाल्पा, तानसेनमा पाँच दिने राजयोग शिविर सञ्चालन भएको छ । ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेन पाल्पाको आयोजनामा आइतबारदेखि तनावमुक्त जीवनका लागि पाँच दिने शिविर सञ्चालन भएको हो । संस्थाले दया र करुणा बर्ष २०७९ को अवसरमा तनावमुक्त जीवनको लागि तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसको सभाहलमा राजयोग शिविर सञ्चालन गरेको छ ।

शिविरको लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री वीरबहादुर राना, प्रदेश सांसद् डा. पुरनमान बज्राचार्य, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ र नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले दिप प्रज्पलन गरी शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उर्जा मन्त्री रानाले मानव जीवनलाई खुसी प्राप्त गर्न, देशमा शान्ति कायम गर्न राजयोग शिविर महत्पूर्ण हुने बताए । राजयोग शिविरमार्फत मानवीय जीवन सफल र खुसी बनाउन सकिने मन्त्री रानाले बताए । यस्ता कार्यक्रम निरन्तर रुपमा जिल्लामा सञ्चालन गर्न ब्रहमाकुमारी ईश्वरी विश्वविद्यालयलाई मन्त्री रानाले आग्रह समेत गरे । कार्यक्रममा प्रदेश सांसद डा. पुरनमान बज्राचार्यले जीवन सफल बनाउन मिडिटेसन ध्यान जरुरी रहेको बताए । ध्यानबाटै बुद्धले शान्ति कायम गरेको, बुद्धत्व प्राप्त गरेको डा. बज्राचार्यले बताए । शिविर कार्यक्रमको पहिलो दिन अन्तर्राष्ट्रिय प्रशिक्षक राजु घलेले राजयोग भनेको विचार, मन र कर्मको शुद्धिकरण रहेको बताए । धर्म र आध्यात्मा फरक –फरक चिज भएकाले अध्यात्माबाटै मनमा खुसी, देशमा शान्ति कायम गर्न सकिने प्रशिक्षक घलेले बताए । उनले भने ‘ म को हु ? कहाँ बाट आएको हु ? परमात्माको शक्ति, एवं बरदानको प्राप्ती , जीवनमा कर्मको रहस्य, शान्ती एवं सुखको अनूभूती, सम्बन्धमा सुमधुरता, तनाव एवं क्रोधमुक्त जीवन, मनलाई शान्त राख्ने, जीवन व्यवस्थापन, तनावमुक्त जीवनका विषयमा ध्यान सहित पाँच दिने शिविरमा जानकारी गराउने छु ।’ राजयोग शिविर प्रत्येक दिन विहान ७ बजे देखी ९ बजेसम्म सञ्चालन हुने छ । ब्रहमाकुमारी प्रेरणा दिदिको सभापतित्व, ब्रहमाकुमार भानु प्रकाश पौडेलको स्वागत ,ब्रहमाकुमारी सरस्वतीको सञ्चालन शिविर शुभारम्भ कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update