Shittalpati
यु–१४ का लागि लुम्बिनीबाट ७८ खेलाडी छनौट
यु–१४ का लागि लुम्बिनीबाट ७८ खेलाडी छनौट यु–१४ खेलकुद प्रतियोगिताका लागि  लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट भएका छन् । बुटवलमा दुई दिनसम्म चलेको प्रतियोगिताबाट विभिन्न विद्याका ७८ जना खेलाडी तथा प्रशिक्षकहरु छनौट भएका हुन् ।
शुद्धोदनमा सेवाप्रवाह गर्दाका सम्झनाहरू
शुद्धोदनमा सेवाप्रवाह गर्दाका सम्झनाहरू आफ्नै वरपरको गाउँ समाजमा सार्वजनिक सेवाप्रवाहमा संलग्न हुन पाउनु पनि एउटा सुवर्ण अवसर नै हो । यस अवसरलाई अब्बल बनाउन अगाडि त बढ्नै पर्दछ भने सम्वद्ध पक्ष एवम् पदाधिकारीहरूको प्रत्यक्ष भूमिका पनि अहम् नै हुने गर्दछ । यसै सन्दर्भ र समन्वयका आधारमा संस्थागत मूल्य मान्यतालाई स्थापित गर्नका लागि यस स्थानीय...
बजेट प्रभावकारी कार्यान्वयन होस्
बजेट प्रभावकारी कार्यान्वयन होस् सरकारले आर्थिक वर्ष २०८२/८३  का लागि बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेका हुन् । यो रकम चालु आर्थिक वर्षको विनियोजित बजेटको तुलनामा ५ दशमलव ६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव २ प्रतिशतले बढी हो ।
डिजेल र पेट्रोलको मूल्य बढ्यो
डिजेल र पेट्रोलको मूल्य बढ्यो नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक र पेट्रोलमा प्रतिलिटर  २ बढाएको हो ।
पाल्पाको रम्भामा यार्सागुुम्बा जस्तै देखिने वस्तु फेला
पाल्पाको रम्भामा यार्सागुुम्बा जस्तै देखिने वस्तु फेला जिल्लाको रम्भा गाउँपालिका –३, पिपलडाँडाको रिमिघा डाँडा (लेक) मा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको छ । उक्त क्षेमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादीको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनलाई पक्राउ  गरेको हो ।
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन । 
मूलादि नक्षत्र मा उत्पन्न भएका वरकन्यले को को लाई पिडा  दिन्छन् त ?
मूलादि नक्षत्र मा उत्पन्न भएका वरकन्यले को को लाई पिडा  दिन्छन् त ? श्वश्रविनाशमहिजो सुतरां विधत्तः कन्या सतौ  निऋतिजौ श्वशुर हत्श्च । ज्येष्ठाभजात तनया स्वधवाग्रजं च शक्राग्निजा भवति देवरनाशकार्ची । अर्थ स् अश्लेषा नक्षत्र मा जन्म हुन्ने वर या कन्या ले सासु लाई पिडा दिन्छ 
बुवा आमा दिवसः श्रद्धा, माया र सम्मानको प्रतीक
बुवा आमा दिवसः श्रद्धा, माया र सम्मानको प्रतीक हरेक वर्ष विश्वभर मनाइने बुबाआमा दिवस अभिभावकप्रतिको श्रद्धा, माया, सम्मान र कृतज्ञता प्रकट गर्ने एक महत्वपूर्ण अवसर हो । जीवनका प्रथम गुरुका रूपमा बुबा र आमा न केवल शारीरिक रूपमा सन्तानलाई जन्म दिन्छन्, उनीहरूले जीवनको हरपलमा माया, स्नेह, संरक्षण र मार्गदर्शन पनि दिन्छन् ।
बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ
बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ यहाँका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहेका छन् । उनले विसं २०७० मा ‘जुना बाख्रापालन फर्म’ दर्ता गरी व्यवसाय सुरु गरेका थिए ।
प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि असार १५ गतेसम्म
प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि असार १५ गतेसम्म प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि सुरु भई असार १५ गतेसम्म सञ्चालन हुने भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकको कार्यतालिका तय गरेको हो । बैठकको निर्णयअनुसार जेठ महिनामा १० दिन र असार महिनामा ९ दिन बैठक बस्ने छ ।
Weather Update