नवजनचेतना राष्ट्रिय दैनिक २०८२ जेठ २१ गते बुधबार
बुधबार, जेठ २१, २०८२
नेप्सेमा उच्च अङ्कको गिरावट
मंगलबार, जेठ २०, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६५८ दशमलव ९३ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ३२ प्रतिशतको गिरावट हो ।
राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या
मंगलबार, जेठ २०, २०८२
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको अनुमति भए पनि १४४ शय्या सञ्चालन गरिरहेको छ । विक्रम संवत् २०६५ मा अस्पतालले ५० शय्याको अनुमति पाएको हो ।
स्याङ्जाको चराङमा फल्यो स्याउ
मंगलबार, जेठ २०, २०८२
भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो ।
अवैध लागूऔषध सहित १३ जना पक्राउ
मंगलबार, जेठ २०, २०८२
देशका विभिन्न स्थानबाट अवैध लागुुऔषध सहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, कैलाली, चितवन, कञ्चनपुर, मोरङ, सुर्खेत, बर्दिया र काठमाडौंबाट लागुऔषध सहित १३ जना पक्राउ परेका हुन् ।
पाल्पा काँग्रेसले बाकामलाङ–बल्ढेंगढी वडा जागरण सञ्चालन गर्ने
मंगलबार, जेठ २०, २०८२
नेपाली काँग्रेस पाल्पाले बाकामलाङ– बल्ढेंगढी वडा जागरण अभियान २०८२ सञ्चालन गर्ने भएको छ । सोमबार पार्टी कार्यालयमा जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको ३२ औं बैंठकले पूर्वको बाकामलाङदेखि पश्चिमको बल्ढेंगढीसम्म पार्टीको वडा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
समयमै सचेत बनौं
मंगलबार, जेठ २०, २०८२
नेपालमा मनसुन भित्रिइसकेको छ । मनसुनको आगमन कृषक समुदायका लागि भने राहतको खबर हो । समयमै वर्षा हुनु खेतीपातीका लागि अनुकूल हो, जसले अन्न उत्पादनमा सकारात्मक असर पर्छ । तर अर्काेतर्फ मनसुनसँगै आउने बाढीपहिरो, डुबानजस्ता प्राकृतिक विपद्ले प्रत्येक वर्ष सयौं नागरिकको ज्यान लिने गरेको छ । यस्ता घटनाबाट जनधनको क्षति...
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व
सोमबार, जेठ १९, २०८२
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व आएको छ । लुम्बिनीमा सम्पन्न संघको अधिवेशनले बुद्ध टेलिभिजन बुटवलका उपाध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
निगुरोे बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय
सोमबार, जेठ १९, २०८२
जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घरखर्च चलाउँदै आएको छ । उनीहरूले वर्षौंदेखि वनजङ्गलमा पाइने जडीबुटीजन्य तरकारी निगुरो सङ्कलन गरेर बिक्री गरी नून तेलको जोहो गर्दै आएका छन् । उन्यू प्रजातीको एक प्रकारको वनस्पती निगुरो तरकारी र अचार खान प्रयोग गरिन्छ ।
उद्योग स्थापनापछि उखु किसानको जीवन सुधार
सोमबार, जेठ १९, २०८२
गुल्मीको रूरूक्षेत्र गाउँपालिका–३ थोर्गा पानीट्याङ्कीका गोविन्द ज्ञवालीको पुख्र्यौली पेसा थियो उखुखेती । उनले उखुबाट खुदो र गुड बेचेरै आम्दानी गरिरहेका छन् । ज्ञवालीले ढाई रोपनी जग्गामा गरेको उखु खेतीबाट वार्षिक ५८ हजार आम्दानी गर्दै आएका छन् । उखु खेती बाहेक परिवार अन्य कृषि पेशामा आवद्ध छ भने गोविन्दले गाउँमै स्थापना...
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानद्वारा मादल बजाउने तालिम
सोमबार, जेठ १९, २०८२
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखाले मादल बजाउने तालिम सञ्चालन गरेको छ । कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले एक हप्ते मादल बजाउने तालिम सञ्चालन गरेको हो ।
ग्रह अनुसार को शिक्षा...
सोमबार, जेठ १९, २०८२
ग्रह अनुसार कुन विषय पढ्दा राम्रो हुन्छ भन्ने कुरा वैदिक ज्योतिष मा आधारित हुन्छ। तपाईंको कुण्डली (जन्म कुन्डली) मा रहेको नवग्रह (सूर्य, चन्द्र, मंगल, बुध, गुरु, शुक्र, शनि, राहु, केतु) को स्थिति हेरेर उपयुक्त शिक्षा, करियर वा अध्ययनको विषय बताउन सकिन्छ।


