नवजनचेतना राष्ट्रिय दैनिक २०७९ असोज ११ गते मंगलबार
मंगलबार, असोज ११, २०७९
छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध
सोमबार, असोज १०, २०७९
दसैँ नजिकिँदै गर्दा हाल देशभरका महत्वूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबेँसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत तल्लो डुङ्गेश्वर–दुल्लु र पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध भएका छन् ।
मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक : गृहमन्त्री खाण
सोमबार, असोज १०, २०७९
गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन् । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताए ।
छहराको भुवनपोखरीमा आयुर्वेदिक क्लिनिक सञ्चालन
सोमबार, असोज १०, २०७९
जिल्लाको रैनादेवीछहरा गाउँपालिकाले वडा नंं ३ भुवनपोखरीमा नागरिक आरोग्य सेवा गाउँ घर क्लिनिक सेवा सुुरु गरेको छ । नागरिक आरोग्य सेवाको गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले शुभारम्भ गरे ।
बडादसैं सुरु, आज घटस्थापना, १०ः२३ मा शुभ साइत
सोमबार, असोज १०, २०७९
प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घर–घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
‘चिज’ बनाउन सिकाउँदै गल्याङ नगरपालिका
सोमबार, असोज १०, २०७९
स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका किसानलाई चिज बनाउने सीप सिकाएको छ । दूध उत्पादन बढ्दै गएपछि उनीहरूलाई चिज बनाउने सीप प्रदान गरिएको हो । नेपाली बजारमा चिजको माग बढ्दो क्रममा रहेको र मूल्य पनि राम्रो पाइने भएपछि नगरपालिकाको पहलमा ‘फार्मर टु फार्मर’ कार्यक्रम अन्तर्गत अमेरिकी सरकारको प्राविधिक सहयोगमा ‘मोजरेल्ला चिज’ उत्पादन...
एनआईसी एशिया बैंकले दक्षिणा दिने
सोमबार, असोज १०, २०७९
एनआईसी एसिया बैंकले बडा दसैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा दक्षिणा दिने भएको छ । बैंकको ‘एनआईसी एसियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजनामा सहभागी हुनेलाई दक्षिणा दिने भएको हो । योजना अनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको...
योजना समयमै सकौं
सोमबार, असोज १०, २०७९
हरेक सरकारी निकायहरुमा योजना निर्माण गरिन्छ । विशेषतः ति योजना दीर्घकाली र अल्पकालीनका हुुने गर्दछन् । योजना निर्माण गरिए पनि कार्यान्वयनको चरण भने नेपालमा अत्यन्त कमजोर र ढिला सुुस्ती हुने गर्दछ । कुनै पनि विकास निर्माणका योजना निर्माण भएको वर्षौं वा दशकौंसम्म पनि त्यसले मूर्त रूप प्राप्त नगर्नु नेपालीको विशेषता...
गुल्मीको पेगामा भलिबलसँगै सांस्कृतिक कार्यक्रम हुँदै, तयारी तीव्र
आइतबार, असोज ९, २०७९
गुल्मीको मुसिकोट नगरपालिका–३ पेंगामा भलिबलसँगै सांस्कृतिक कार्यक्रम हुन लागेको छ । न्यू योङ्ग स्टार युवा क्लब पेगाले यही असोज १४, १५ र १६ गते खुला भलिबलसँगै सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
काँग्रेसको समानुपातिक सूचीमा अधिकांश नातागोता
आइतबार, असोज ९, २०७९
नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा अधिकांस नातागोता परेका छन् । सूचीमा प्रधानमन्त्रीपत्नीदेखि मन्त्री तथा पार्टीका वरिष्ठ नेताका पत्नीहरु परेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका हन् ।
आजबाट सकिँदै सोह्रश्राद्ध
आइतबार, असोज ९, २०७९
पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यस वर्षको सोह्रश्राद्ध विसर्जन गरिँदै छ । औँसी तिथि श्राद्ध गरी सोह्रश्राद्ध समापन गर्न लागिएको हो । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ...
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन
आइतबार, असोज ९, २०७९
भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक टेन्डर आह्वान गरिए पनि एउटा पनि आवेदन परेको छैन । आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तेस्रो पटक टेन्डर गर्ने तयारी गरेको बताइएको छ ।


