Shittalpati
मजदुर कोठामा मृत भेटिए
मजदुर कोठामा मृत भेटिए काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्याङ्जा–२ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै
स्याङ्जा–२ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ–आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो ।
गुल्मी –१ मा मतगणना सुरु
गुल्मी –१ मा मतगणना सुरु जिल्लाको क्षेत्र नम्बर– १ मा पनि मतगणना सुुरु भएको छ । यहाँ १ बजेदेखि मतगणना सुुरु गरिएको हो । क्षेत्र नं. २ सोमबारदेखि नै मगतगणना जारी रहे पनि १ को भने हुन सकेको थिएन । आइतबार कालीगण्डकी गाउँपालिका –२ अर्वेनीको मतदान स्थगित भएपछि यहाँको मतगणना हुन सकेको थिएन ।
गुल्मी–२ : विष्ट विजयी, झाक्री पराजित
गुल्मी–२ : विष्ट विजयी, झाक्री पराजित गुल्मी निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।
गगनको चौथो संसद यात्रा
गगनको चौथो संसद यात्रा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले विजयी भएका छन् । उनले २१ हजार ३ सय २ मत प्राप्त गरेर चौथो संसद यात्रा तय गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डा. राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त...
निर्वाचन पछिको परिदृश्य
निर्वाचन पछिको परिदृश्य मतदान सकिएसँगै देशभरबाट मत परिणाम आउने क्रम जारी छ । एकाध ठाउँमा बाहेक आइतबार सबैजसो ठाउँमा मतदान भएको छ । बाँकी हुुन नसकेका ठाउँहरुमा मंगलबार मतदान भएको छ । निर्वाचन सम्पन्न भैसकेको परिस्थितिमा फरक प्रकारका परिदृश्यहरु देखिन थालेका छन् ।
पश्चिम पाल्पाको न्वागी, जहाँ देवीलाई चढाएर मात्र धान उपभोग गरिन्छ
पश्चिम पाल्पाको न्वागी, जहाँ देवीलाई चढाएर मात्र धान उपभोग गरिन्छ प्रायःनयाँ धान घरमा भिर्याएपछि पहिले हामीले नयाँ चामलको भात खान्छौं । तर पश्चिम पाल्पामा भने नयाँ धान भिर्याएपछि पहिले देवीलाई चढाएर मात्र उपभोग गर्ने प्रचलन रहेको छ । यहाँको प्रशिद्ध मन्दिर रैनादेवी मन्दिरमा नयाँ धान उत्पादन गरेपछि भगवतीलाई चढाएर पछि मात्रै खाने गरिन्छ ।
देशभरका शिवालयमा छरियो शतबीज
देशभरका शिवालयमा छरियो शतबीज देशभरका शिवालयमा शतबीज छरिएको छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मंगलबार दिवंगत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरिएको हो । त्रयोदशीको रातभर भक्तजनले शिवालय एवं घर–घरमा समेत दिवंगत पितृको नाममा महादीपदान गरेका थिए । विशेष गरी काठमाडौंको पशुपति क्षेत्रमा भक्तजनहरुको भीड लागेको थियो ।
‘बचत गरौं, च्याम्पियन बनौं’ योजना
‘बचत गरौं, च्याम्पियन बनौं’ योजना ‘बचत गरौं, च्याम्पियन बनौं’ लक्ष्मी बैंकको एक योजना हो । बैंकले यो योजना विश्वकपलाई लक्षित गर्दै सार्वजनिक गरेको छ । फिफा विश्वकपको अवसरमा बैंकले बचतको महत्वलाई उजागर गर्न ‘सेभ लाइक अ च्याम्पियन (बचत गरौंं, च्याम्पियन बनौं)’ योजना ल्याएको हो ।
पाल्पा–२ (१) मा दुई हजार पाँच सय बढीले काँग्रेसका वीरबहादुर राना अगाडि
पाल्पा–२ (१) मा दुई हजार पाँच सय बढीले काँग्रेसका वीरबहादुर राना अगाडि पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका वीरबहादुर राना सुरुवातीदेखि नै अग्रस्थानमा छन् । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री समेत रहेका राना बगनासकालीका ९ वटा वडा र तानसेनका ७ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदासम्म २ हजार ५ सय ४० मतले अगाडि छन्...
पाल्पा –२ मा गैरेले मतान्तर घटाए, पछ्याउँदै पाण्डेय
पाल्पा –२ मा गैरेले मतान्तर घटाए, पछ्याउँदै पाण्डेय पछिल्लो मत परिणाम अन्ुसार पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ठाकुर प्रसाद गैरेले मतान्तर घटाएका छन् । उनले एकीकृत समाजवादी पार्टीका प्रदेश इन्चार्ज पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयसँगको मतान्तर केही घटाएका हुन् ।
Weather Update