Shittalpati
चिसो बढ्दै
चिसो बढ्दै हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सरकार निर्माणको चर्चा
सरकार निर्माणको चर्चा मतपरिणाम आउने क्रम जारी रहँदा सरकार गठन प्रक्रिया र अब बन्ने सरकारको नेतृत्व कसले गर्छ भन्ने चर्चा राजनीतिक वृत्तमा व्याप्त छ । अबको प्रधानमन्त्री को ? गगन थापा, शेरबहादुर देउवा, पुष्पकमल दाहाल कि केपी शर्मा ओली ? आम जनता यही प्रश्नमा रुमलिरहेका छन् । यसको एकीन उत्तर अहिले कुनै राजनीतिक...
पराजित भएका पाण्डेय मतदातालाई भेट्न घरदैलोमा
पराजित भएका पाण्डेय मतदातालाई भेट्न घरदैलोमा प्रतिनिधि सभा सदस्यमा पराजित भएका नेकपा एकिकृत समाजवादीका प्रदेश संयोजक सोमप्रसाद पाण्डेय यतिबेला मतदतालाई धन्यवाद दिन घरदैलोमा पुगेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट पराजित भएका पाण्डेय मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका हुन् ।
‘निर्वाचनमा व्यक्ति वा दलको नभई लोकतन्त्रको जित भयो’
‘निर्वाचनमा व्यक्ति वा दलको नभई लोकतन्त्रको जित भयो’ रुपन्देही क्षेत्र नं.२ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालैको निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित भएको बताएका छन् ।
सात लघु बीमा कम्पनीले पाए लाइसेन्स
सात लघु बीमा कम्पनीले पाए लाइसेन्स लघुबिमा कम्पनीका लागि नियामक निकाय नेपाल बिमा प्राधिकरणले ७ वटा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । प्राधिकरणले तीन वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।
पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा भट्टराई र  उपाध्यक्षमा बज्राचार्य  निर्वाचित
पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा भट्टराई र उपाध्यक्षमा बज्राचार्य निर्वाचित पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन् । सोमबार तानसेनमा भएको मतदानबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी प्रतिस्पर्धी राजिव श्रेष्ठलाई ४ सय ४० मतअन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
विवाह पञ्चमी पर्व देशभर मनाइँदै प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।
बैंक तथा वित्तीय संस्थालाई क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंकको राहत
बैंक तथा वित्तीय संस्थालाई क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंकको राहत बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभावको समस्या हट्न नसकेपछि नेपाल राष्ट्र बैंकले क्षेत्रगत कर्जा विस्तारमा केही सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिकको समीक्षा गर्दै क्षेत्रगत कर्जा विस्तार गरिसक्नुपर्ने समयसीमामा बैंक तथा वित्तीय संस्थालाई केही सहज बनाइदिएको हो ।
३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन
३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।
आज पाल्पा उद्योग वाणिज्य संघको निर्वाचन हुँदै, अध्यक्षमा भट्टराई र श्रेष्ठको प्रतिस्पर्धा
आज पाल्पा उद्योग वाणिज्य संघको निर्वाचन हुँदै, अध्यक्षमा भट्टराई र श्रेष्ठको प्रतिस्पर्धा पाल्पाका उद्योगी तथा व्यवसायीहरुको छाता संस्था पाल्पा उद्योग वाणिज्य संघको आज नयाँ नेतृत्व चयन हुँदैछ । संघको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदान भगवती मन्दिरको प्रंगणमा हुनेछ । तीनवर्षे कार्यकालका लागि हुन लागेको संघको निर्वाचनमा अध्यक्ष पदका लागि अहिलेका महासचिव शैलेन्द्र भट्टराई र...
Weather Update