जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम
सोमबार, पुस ४, २०७९
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि
सोमबार, पुस ४, २०७९
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा सोमबार भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ ।
तालिम पछि उपमेयर र उपाध्यक्षहरूले भने ‘अब हामी सहज रुपमा न्याय सम्पादन गर्छौ’
सोमबार, पुस ४, २०७९
रुपन्देहीका स्थानीय तहका उपमेयर र उपाध्यक्षहरुले न्याय सम्पादन सम्बन्धी तालिम लिएपछि आफुहरु न्याय सम्पादनमा केही सक्षम भएको विश्वास व्यक्त गरेका छन् । पाल्पाको तानसेनमा भएको तीन दिने न्याय क्षेत्रको नेतृत्व विकास तथा सशक्तिकरणको तालिम पछि उनीहरुले केही हदसम्म भएपनि आफुहरु न्याय सम्पादन गर्न सक्षम बनेको बताएका हुन् ।
फरक क्षमता भएका विद्यार्थीलाई प्रविधिको अभाव
सोमबार, पुस ४, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा रहेको तम्घास माध्यमिक विद्यालयमा बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराइन्छ । यहाँ जिल्लाको मालिका बाहेक अन्य ११ पालिकाका ३० विद्यार्थी छन् । विसं २०५९ देखि आवाससहित अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन सुरु गरिए पनि हालसम्म आधुनिक प्रविधिको व्यवस्था नहुँदा विद्यार्थी पुरानै शैलीमा पढ्न र सिक्न...
लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा भट्टराई
सोमबार, पुस ४, २०७९
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । प्रतिष्ठानको सातौंं जिल्ला अधिवेशनले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।
विद्यार्थीहरूलाई न्यानो कपडा
सोमबार, पुस ४, २०७९
जिल्लाको माथागढीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बेथल जुनियर रेडक्रस सर्कल (बेथल बोर्डिङ स्कुल) तानसेनले माथागढी गाउँपालिका–५, हात्तिलुङ, धामिघामा रहेको कौडे प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
सरकार निर्माणको रस्साकस्सी
सोमबार, पुस ४, २०७९
प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम आइसकेको छ । अब दलहरू सरकार बनाउने रस्साकस्सीमा जुटेका छन् । कुनै पनि दलले बहुमत लिन सकेनन् । जसले गर्दा मिलेर सरकार निर्माण गर्नु परेको छ । नेपाली काँग्रेस र नेकपा एमाले केही सिटले अगाडि–पछाडी भएका छन् । सत्तारुढ गठबन्धनको पनि बहुमत...
पाल्पा काँग्रेसले गर्याे निर्वाचनको समीक्षा
आइतबार, पुस ३, २०७९
नेपाली काँग्रेस पाल्पाले निर्वाचनको समीक्षा गरेको छ । काँग्रेसले मंसिर ४ गते भएको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका विषयमा आइतबार व्यापक समीक्षा गरेको हो ।
लुम्बिनी प्रदेशमा सरकार बनाउने कसरत, को बन्ला मुख्यमन्त्री ?
आइतबार, पुस ३, २०७९
प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि कसरत सुरु भएको छ । संघीय सरकार गठनको प्रक्रिया सुरु भएसँगै प्रदेशमा पनि भाबी मुख्मन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ । प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि आकांक्षीहरूले सम्बन्धित दलका शीर्ष नेतालाई भेटेर मुख्यमन्त्री बन्ने...
रेसुङ्गा नगरपालिकाका निर्णय धमाधम कार्यान्वयन
आइतबार, पुस ३, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । सदरमुकाम सहितको नगरपालिका भएकोले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गाैला सम्बन्धी निःशुल्क उपचार, आँखा सम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्ता सम्बन्धीको सेवा घरमै पुगेर गर्ने र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय...
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदै
आइतबार, पुस ३, २०७९
‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान: उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित नेपालमा विविध कार्यक्रमको आयोजना गरी आज अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस देशभर मनाइदैछ ।
इन्धनको मूल्य घट्यो
आइतबार, पुस ३, २०७९
नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार रातीदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । भारतबाट घटेको मूल्य आएसँगै निगमले पेट्रोल, डिजल मट्टीतेलको मूूल्य घटाएको छ । घटेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोल १ सय ७८ र डिजेल, मट्टीतेल १ सय ७५ पर्नेछ...


