Shittalpati
इन्धनको मूल्य घट्यो

पाल्पा, नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार रातीदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । भारतबाट घटेको मूल्य आएसँगै निगमले पेट्रोल, डिजल मट्टीतेलको मूूल्य घटाएको छ । घटेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोल १ सय ७८ र डिजेल, मट्टीतेल १ सय ७५ पर्नेछ ।

यसअघि पेट्रोल प्रतिलिटर १ सय ८१ र डिजेल, मट्टीतेल १ सय ७८ रुपैयाँ थियो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा यसको भाउ घटेको होरु। आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ । यस पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाइएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले पनि मूल्य घटाएको हो ।

पटक –पटक मूल्य घटेर आएपनि निगमले यसअघि मूल्य समायोजन गरेको थिएन । हवाइ इन्धन–आन्तरिक र हवाइ इन्धन–बाÞय) को मूल्य भने घटाइएको छैन । हवाइ इन्धन १ सय ९० र हवाइ इन्धन बाह्य १.६४५ डलरमा बिक्री हुँदै आएको छ । एलपी ग्यास १ हजार ८ सयमा बिक्री हुँदै आएको छ । निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छरु। सरकारलाई बुझाउनुपर्ने ऋण पनि ७ अर्ब रुपैयाँ छ । विगतमा कच्चा तेलको मूल्य उच्च भएका बेला सोअनुरुप नेपालमा मूल्य समायोजन गर्न नसक्दा बक्यौता तथा ऋण रकम थपिएको निगमको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो छ । डेढ महिनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल १५ डलर हाराहारी घटेको छ । तेल उत्पादक मुलुकहरूको संगठन ओपेक प्लसले नोभेम्बरमा कटौती गरेको परिमाणलाई निरन्तरता दिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update