Shittalpati
विष सेवनबाट पाल्पाको निस्दीमा एकको मृत्यु
विष सेवनबाट पाल्पाको निस्दीमा एकको मृत्यु विष सेवनबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका ५ ढुंगानाबेसी का २३ वर्षीय युवराज खाम्चाको विष सेवनबाट मृत्युु भएको हो ।
‘तानसेनमा मनाइने जात्रा तथा पर्वहरु’को परिचर्चा
‘तानसेनमा मनाइने जात्रा तथा पर्वहरु’को परिचर्चा पाल्पाको सदरमुकाम तानसेन आफैमा सांस्कृतिक सहर हो । यो सहर काठमाडौं उपत्यका पछिको दोश्रो सांस्कृतिक सहरका रुपमा परिचित छ । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिनसम्म यहाँ जात्रा, चाडपर्वहरु भई रहन्छन् । त्यसैले पनि तानसेनलाई सांस्कृतिक शहर भनिएको हो ।
आज सोनाम ल्होसार मनाइँदै
आज सोनाम ल्होसार मनाइँदै सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।
अझै ९८ हजारले पाएनन् कोरोना बिमा भुक्तानी
अझै ९८ हजारले पाएनन् कोरोना बिमा भुक्तानी कोरोना महामारीबाट जोखिम वहनका लागि गरिएको कोरोना बिमाको भुक्तानी अझै ९८ हजार भन्दा बढीले पाउन सकेका छैनन् । सुरुमा दाबी परेका कुल १ लाख ६२ हजार ३ सय ४६ जना मध्ये ९८ हजार ७ सयले अझै भुुक्तानी पाउन नसकेका हुन् । दाबी परेकामध्ये अहिलेसम्म ६३ हजार ६ सय ४६ जनाले...
कृषि विकास बैंक ५६ औँ वर्षमा
कृषि विकास बैंक ५६ औँ वर्षमा कृषि विकास बैंक ५६ औँ वर्षमा प्रवेश गरेको छ । २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको बैंक अहिले ५६ वर्षमा प्रवेश गरेको हो । ५६ वर्ष अघि कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर बैंक सञ्चालनमा आएको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन लागू भएपछि...
सोनाम ल्होसार र पर्वले दिने सन्देश
सोनाम ल्होसार र पर्वले दिने सन्देश नेपाल विविधताले भरिएको एक राष्ट्र हो । यहाँ विभिन्न जातजाति र भाषाका मानिसहरु बस्छन् । उनीहरुहरुको आफ्नै सभ्यता र संस्कृति छ । फरक–फरक समुुदायहरुले चाडपर्वहरु फरक –फरक तरिकाले मनाए पनि त्यसले दिने सन्देश भने एउटै हुुने गर्दछ । सबै चाडपर्वहरुले एकताको सन्देश नै प्रवाह गरेका हुन्छन् । आज तामाङ समुदायले...
उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित
उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित प्रतिनिधिसभाको उपसभामुुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन् । शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनी प्रतिस्पर्धी नेपाली काँग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन् ।
कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु
कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु कपिलवस्तुमा बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सरकारको पहिलो गाँसमै ढुंगा
सरकारको पहिलो गाँसमै ढुंगा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वार्थ बाझिएका मन्त्रीहरु नियुक्ति गरेपछि आचोचना सुरु भएको छ । अधिकांश केही गरूँ भन्ने हुटहुटी भएका नयाँ अनुहारहरूलाई मन्त्रिपरिषद्मा सामेल गरी केही राम्रो सन्देश दिन खोजेको सरकारले सोझै स्वार्थ बाझिएका केही मन्त्रीहरू छनोट गर्दा भने पहिलो गाँसमै ढुंगा लागेको छ ।
घरकर्जा ब्याजदर ९ प्रतिशतदेखि माथि
घरकर्जा ब्याजदर ९ प्रतिशतदेखि माथि पाल्पा,घर निर्माण तथा खरीदका लागि सर्वसाधारणलाई उपलब्ध गराउने घरकर्जाको ब्याजदर वार्षिक ९ प्रतिशतभन्दा माथि पुगेको छ । वाणिज्य बैंकहरूले सर्वसाधारणलाई घरकर्जा उपलब्ध गराउदै आएका छन् । तरलताको दबाबसँगै बैंकहरूले ब्याजदर वृद्धि गरी निक्षेप संकलन गरेपछि लागत बढेर आधारदरसँगै ब्याजदर महँगो भएको हो ।
रामपुरका महिलालाई अगरबत्ती बनाउने तालिम
रामपुरका महिलालाई अगरबत्ती बनाउने तालिम जिल्लाको रामपुर नगरपालिका–६ तिलकपुरमा महिलाहरुका लागि अगरबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । रामपुर सिकाई केन्द्रले यहाँका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले अगरबत्ती बनाउने दुई दिने तालिम सञ्चालन गरेको हो ।
Weather Update