रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशन सकियो
सोमबार, माघ ९, २०७९
सामाजिक सञ्जालमा लगाएको आरोपको नगर प्रमुखले गरे खण्डन
सोमबार, माघ ९, २०७९
सामाजिक सञ्जालमा नगर प्रमुख माथि लगाइएको आरोपको खण्डन गरिएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सोमबार एक विज्ञप्ति जारी गरी नगर प्रमुखलाई जोडेर गरिएको कपोलकल्पित आरोपमा कुनै सत्यता नभएको प्रस्ट पारेका हुन् ।
काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता
सोमबार, माघ ९, २०७९
नेपाली काँग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । संघीय संसद् सचिवालयले सोमबार काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको हो ।
पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारको स्वीकृति लिनुपर्ने
सोमबार, माघ ९, २०७९
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो ।
विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन निर्देशन
सोमबार, माघ ९, २०७९
राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार कहिले ?
सोमबार, माघ ९, २०७९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका सत्ता साझेदार दलहरूले मन्त्रालयको बाँडफाँट नै टुंगो लगाउन सकेका छैनन् । मुख्यमन्त्री गिरीले सत्ता गठबन्धनका दलहरुसँग लगातार छलफल गरे पनि मन्त्रालय भागबण्डा हुन सकेको छैन ।
अंग्रेजी माध्यममा पढ्न तीन घण्टा पैदल !
सोमबार, माघ ९, २०७९
गुल्मीको मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्छन् । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अंगे्रजी माध्यम । कक्षा ७ मा पढ्ने उनी घर अर्खबाङ्गदेखि मालिका–३ ह्वाङ्दीमा पुग्छन् ।
मनाइयो सोनाम ल्होसार
सोमबार, माघ ९, २०७९
आइतबार तामाङ समुदायले धुमधामका साथ सोनाम ल्होसार मनाएका छन् । उनीहरुले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम गरी मनाएका हुन् ।
सिक्का छाप्ने मेसिन नेपालमै तयार
सोमबार, माघ ९, २०७९
सिक्का छाप्ने मेसिन अहिले नेपालमै तयार भएको छ । दुुई दशक अघि नेपालमा छाप्न बन्द गरिएका चलनचल्तीका नेपाली सिक्का अहिले नेपालमै छाप्न थालिएको हो ।
सभामुखको अबको बाटो
सोमबार, माघ ९, २०७९
सरकार गठन भएसँगै प्रतिनिधिसभामा सभामुख र उपसभामुख निर्वाचित भइसकेका छन् । सभामुखमा सत्तागठबन्धनका तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएका छन् । उनीहरु पाँच वर्षे कार्यकालका लागि प्रतिनिधिसभाको सभामुख, उपसभामुखमा चयन भएका हुुन् ।
भारतमा दुई नेपालीको अपहरणपछि हत्या
आइतबार, माघ ८, २०७९
धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।
हाइस दुर्घटनामा चारको मृत्यु
आइतबार, माघ ८, २०७९
सुर्खेतमा हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुर्खेतको छिन्चुदेखी वीरेन्द्रनगर आउँदै गरेको हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।


