रामपुरका वडामा डिजिटल नागरिक वडापत्र
बिहीबार, माघ १२, २०७९
डकर्मीको भर, भूकम्प प्रतिरोधी घर
बिहीबार, माघ १२, २०७९
स्याङ्जाको वालिङ नगरपालिकाले डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिएको छ । उक्त नगरपालिकाको आयोजनामा र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा नगरभित्रका ४२ डकर्मीलाई घर बनाउन सिकाइएको हो ।
आज श्रीपञ्चमी, देशभर मनाइदैं
बिहीबार, माघ १२, २०७९
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।
गुल्मी नेल्टाको अध्यक्षमा श्रीस
बिहीबार, माघ १२, २०७९
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) गुल्मीको अध्यक्षमा डोर बिक्रम श्रीस सर्वसम्मत विर्वाचित भएका छन् । संघको तम्घासमा भएको पाँचौ अधिवेशनले सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीसलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
सरस्वती माता र वसन्त पञ्चमी
बिहीबार, माघ १२, २०७९
जाडोको मौसम छ तै पनि विहानदेखि नै भगवती मन्दिरमा रहेको सरस्वती मन्दिर तथा टँुडिखेल तल अमरगञ्ज जाने बाटोमा रहेको सरस्वती मन्दिरमा स्कूले विद्यार्थीहरु तथा उनका अभिभावकहरुको भीड लागेको छ । आज श्रीपञ्चमी । तानसेन बजार भित्र दुईवटा सरस्वती मन्दिरहरु रहेका छन् । आजको दिन सरस्वती मातालाई पुजाआजा गर्दा सरस्वती माता...
सरस्वती पूजाको महत्व
बिहीबार, माघ १२, २०७९
श्रीपञ्चमी, अर्थात् सरस्वती पूजा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने महत्वपूर्ण दिन हो । यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । विशेष गरी शैक्षिक क्षेत्रमा संलग्न भएकाहरूले श्रीपञ्चमी मनाउने गर्दछन् । हरेक वर्ष जस्तै आज पनि सरस्वतीको पूजाआजा गरिदैं छ । सरस्वतीको मन्दिरमा अथवा मन्दिर नभए सरस्वतीको तस्विर राखेर धुमधामसँग...
पाल्पामा टिपर दुर्घटना : चालकको मृत्यु
बिहीबार, माघ १२, २०७९
जिल्लाको तिनाउ गाउँपालिका– ५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्वरको टिपर गए राती ११ः५० बजे दुर्घटना भएको हो ।
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा
बुधबार, माघ ११, २०७९
सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ ।
पाल्पाको ‘सन्तोष चलचित्र मन्दिर’ पुनः सञ्चालनमा
बुधबार, माघ ११, २०७९
पाल्पाको तानसेनमा तीन वर्षयता बन्द रहेको सन्तोष चलचित्र मन्दिर पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द रहेको हल आजदेखि सञ्चालनमा आएको हो ।
सुष्मालाई बक्सिङमा रजत पदक
बुधबार, माघ ११, २०७९
नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् । थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन् ।
छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने
बुधबार, माघ ११, २०७९
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।
आयातसँगै घट्यो निर्यात
बुधबार, माघ ११, २०७९
चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।


