Shittalpati
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ ।
पाल्पामा कुष्ठरोगी : विगत चार वर्षदेखि स्थिर !
पाल्पामा कुष्ठरोगी : विगत चार वर्षदेखि स्थिर ! पाल्पामा कुष्ठरोगीको संख्या न्यूनीकरणमा सोंचेजस्तो सफलता मिल्न सकेको छैन । विगत चार वर्षदेखिको अवस्था हेर्ने हो भने जिल्लामा कुष्ठरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष संख्या थपिएको छ भने कुनै वर्ष संख्या ओरालो लागेको देखिन्छ ।
आज सहिद दिवस विविध कार्यक्रम गरी मनाइदैं
आज सहिद दिवस विविध कार्यक्रम गरी मनाइदैं देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । सहिदप्रति सम्मान गर्दै दिवस मनाउन लागिएको हो ।
सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी
सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका हुन् । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी ८९ मा सुन्तला बिक्री भइरहेको उनले बताए ।
कुष्ठरोगीलाई सम्मान गरौं
कुष्ठरोगीलाई सम्मान गरौं ७० औं विश्व कुष्ठरोग दिवस आइतबार नेपालमा पनि मनाइएको छ । यो १९५४ बाट मनाउन थालिएको हो । दिवसको सम्बन्ध जनवरी महिनाको अन्तिम आइतबारसँग जोडिएको छ । किनकि त्यही दिन अहिंसावादी महामानव महात्मा गान्धीको मृत्यु भएको थियो । विश्वबाट कुष्ठरोग निवारण गरी कुष्ठ प्रभावित प्रतिको भेदभाव हटाउनुपर्छ भन्नेमा प्रतिवद्ध थिए...
रास्वपाको सभापतिमा फेरि रवि लामिछाने
रास्वपाको सभापतिमा फेरि रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा फेरि रवि लामिछाने चयन भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टी केन्द्रीय समितिको बैठकले सभापतिको जिम्मेवारी सुम्पेको हो ।
गुल्मीमा आफ्नै घरभित्र महिलाको शव
गुल्मीमा आफ्नै घरभित्र महिलाको शव गुल्मीमा आफ्नै घरभित्र महिलाको शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका–७ वामीकी एक महिलाको घरभित्रै शव भेटिएको हो । ५७ वर्षीय गंगादेवी शेरचनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रवि लामिछानेले लिए पुनः नागरिकता
रवि लामिछानेले लिए पुनः नागरिकता रवि लामिछानेले नेपाली नागरिकता पुनः लिएका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । साढे ११ बजेतिर कार्यालय पुगेका उनले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएका छन् ।
पाल्पामा १२ जना कुुष्ठरोगी
पाल्पामा १२ जना कुुष्ठरोगी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गर्यो । नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशक अघि नै घोषणा गरिए पनि अझै धेरै जिल्लाहरुमा यो रोग हट्न सकेको छैन ।
आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला
आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ । घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन् । तर गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको यस वर्षको माघी मेलामा फरक...
यम्घामा तीन दिने उद्घोषण तालिम
यम्घामा तीन दिने उद्घोषण तालिम जिल्लाको बगनासकाली गाउँपालिका –६ यम्घामा तीन दिने उद्घोषण तालिम सञ्चालन गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोग र वडास्तरी दलित सञ्जालको आयोजनामा दलित समुदायका युवा, युवतीहरुका लागि उद्घोषण तालिम दिइएको हो । महिला तथा युवा युवतीहरुमा बोल्ने कला र क्षमताको विकास गराउने उद्देश्यले तीन दिने तालिम सञ्चालन गरिएको वडा दलित...
Weather Update