Shittalpati
भीमा एकादशी, भिद्यो र भीमसेन
भीमा एकादशी, भिद्यो र भीमसेन प्रत्येक वर्ष माघ शुक्ल एकादशीका दिनलाई भीमा एकादशी भन्ने गरिन्छ । यस वर्ष भीमा एकादशी यही माघ १८ गते र द्वादशी माघ १९ गते परेको छ । द्वादशीको दिन शितलपाटी भीमसेनको रथयात्रा हुनेछ । यो सन्दर्भ महाभारत कालदेखि नै महत्वको रुपमा लिइएको पाइन्छ ।
मन्त्रालय घटाउने निर्णय स्वागत योग्य
मन्त्रालय घटाउने निर्णय स्वागत योग्य पहिलो कार्यकालमै मन्त्रालय बढाएर प्रदेश सरकारहरु आलोचित बनेका थिए । सातै प्रदेशमा मन्त्रालयको संख्या बढाउने होडबाजी जस्तै थियो । सरकार टिकाउन र सत्ता साझेदार दललाई भागवण्डा पुर्‍याउन भएका मन्त्रालय टुक्र्याउँदै नयाँ–नयाँ खडा गरिएको थियो । मन्त्रालयमा मन्त्री मात्र नभई राज्यमन्त्रीसमेत राखिएको थियो । तर तिनै प्रदेश सरकारले अहिले दोस्रो कार्याकालको...
न्यू होराइजनले मनायो ३० औं वार्षिक उत्सव
न्यू होराइजनले मनायो ३० औं वार्षिक उत्सव तानसेनमा रहेको न्यू होराइजन बोर्डिङ स्कुलले ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले उद्घाटन गरेका हुन् ।
लुम्बिनीमा हिन्दू गुरुको प्रस्तावित कार्यक्रमप्रति आपत्ति
लुम्बिनीमा हिन्दू गुरुको प्रस्तावित कार्यक्रमप्रति आपत्ति महामानव गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा भारतका हिन्दू गुरु मोरारी बापूबाट रामकथा वाचन गरिने भनी प्रचारित कार्यक्रमको आयोजनाप्रति बौद्ध समुदायले विरोध प्रकट गरेको छ ।
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरे ।
रामपुरमा औद्योगिक ग्राम निर्माण गरिदैं
रामपुरमा औद्योगिक ग्राम निर्माण गरिदैं पाल्पाको रामपुर नगरपालिकामा विभिन्न उद्योग तथा व्यवसाय खुल्ने क्रम विस्तारै बढ्दो छ । पहाडी जिल्ला भएता पनि समथर भूभागमा फैलिएको रामपुरलाई अहिले कालीगण्डकी करिडोरले सडक सुविधामा सहजता ल्याएको छ । त्यसकारण पनि यस क्षेत्रमा उद्योग, व्यवसाय स्थापित हुने क्रम दिनानुदिन बढ्न थालेको छ ।
जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास तालिम
जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास तालिम तानसेन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास बारे तालिम दिइएको छ । द एसिया फाउण्डेसनको सहयोगमा अपाङ्ग महासंघ नेपालले तालिम दिएको हो ।
आत्मनिर्भर लघुवित्तको साधारण शेयर निष्काशन
आत्मनिर्भर लघुवित्तको साधारण शेयर निष्काशन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरको निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्काशन गरेको हो ।
सहिद दिवस र नेपाली काँग्रेस
सहिद दिवस र नेपाली काँग्रेस नेपाली काँग्रेसले अब नयाँ दीशा निर्देश गर्ने बेला भएको छ । प्रजातन्त्रको मसिहाको संज्ञा दिने काँग्रेसका संस्थापक समाजवादी नेता वीपी कोईराला, लौहपुरुष वीर गणेशमान, सन्त नेता कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुका रगत र पसिनाले सिंन्चित काँग्रेस उत्तरार्धमा आएर किन राजनैतिक अन्यौलताको शिकार हुदैछ त ? भन्ने जिज्ञासा समग्र पार्टी पंक्तिमा मड्राइरहेको...
राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन
राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी सोमबारदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुने जनाएको छ ।
Weather Update