‘कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पुष्टि भएको छैन’
शनिबार, पुस ९, २०७९
दुई प्रदेश जोड्ने पुल निर्माण हुँदै
शनिबार, पुस ९, २०७९
गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण सुरु भएको पक्की पुलको कामले गति लिएको छ । तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो ।
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी
शनिबार, पुस ९, २०७९
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताए ।
कता हराए भँगेरा ?
शनिबार, पुस ९, २०७९
लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरी सानो हुँदा उनको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिन्छन् । करिब दुई सय ५० वर्ष पुरानो उनकोे घरको आँगनमा साना भँगेरा चिरबिर–चिरबिर गर्दै फुरुकफुरुक यताउति उफ्रिँदा उनलाई रमाइलो लाग्थ्यो । सानो छँदा घरको आँगनमा भँगेरासँग खेलेको सम्झिँदै सम्मरीमाई–७ का ७५ वर्षीय झगरु मुरावले...
तिलोत्तमा नगरमा ट्राम रेल शिलान्यास
शनिबार, पुस ९, २०७९
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्राम रेलको शिलान्यास गरिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रेल यातायातबाट जोड्न ट्राम रेलको शिलान्यास गरिएको हो । उक्त ट्राम रेलको शुक्रबार नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिलान्यास गरेका हुन् ।
नेपाललाई गहुँ आयात गर्न भारतले दियो अनुमति
शनिबार, पुस ९, २०७९
नेपाललाई गहुँ आयात गर्न भारत सरकारले अनुमति दिएको छ । भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । उसले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि भारतले आधिकारीक स्वीकृत दिएको थिएन ।
मानव अधिकार कार्यान्वयनको सवाल
शनिबार, पुस ९, २०७९
मानवले पाउने नैसर्गिक अधिकार नै मानव अधिकार हो । मानिसलाई मानिसका रूपमा स्वतन्त्र रही मानवीय मर्यादा र यथोचित सम्मानका साथ बाच्न एवं आत्मसम्मानका साथ समाजमा रहनका लागि आवश्यक पर्दछ । हुन त यो कसैले कसैलाई चाहेर वा नचाहेर दिने विषय पनि होइन । यो त मानिसको जन्मसिद्ध, प्राकृतिक एवम् आधारभूत...
सुन्तला महोत्सव : खाने र बोकेर दौड्ने प्रतियोगिता
शुक्रबार, पुस ८, २०७९
गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो ।
यस्ता छन् नेपाल पर्यटन दशकका रणनीतिक योजना
शुक्रबार, पुस ८, २०७९
सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ ।
भूतपूर्व सैनिक संघ पाल्पाले गर्याे जनप्रतिनिधिलाई सम्मान
शुक्रबार, पुस ८, २०७९
नेपाली काँग्रेसको शुुभेच्छुक संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले स्थानीय तह र प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमकाबीच संघमा आवद्ध नवनिर्वाचित तीन जना जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
पाल्पाको विकासमा मन्त्री रानाको तदारूकता
शुक्रबार, पुस ८, २०७९
पाल्पामा सडक, पुल, यातायात, पुनर्निर्माण लगायतका क्षेत्रमा थालिएका अधिकांस महत्वपूर्ण योजना र ठेक्काका कार्य रोकिएका छन् । प्रदेश र संघीय सरकारले विकास निर्माणका कार्यलाई विस्तारैविस्तारै सुचारु गर्ने बताए पनि त्यसलाई व्यावहारिक रूप दिन सकेका छैनन् ।
एउटै गाउँबाट एक करोडको सुन्तला विक्री
शुक्रबार, पुस ८, २०७९
स्याङ्जाको एउटै गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा ४ सुन्तला बारीबाट यसवर्षमात्रै रु एक करोडभन्दा बढीको सुन्तला विक्री भएको हो । सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष...


