Shittalpati
अर्गलीमा ‘आलु प्रवर्धन’ महोत्सव
अर्गलीमा ‘आलु प्रवर्धन’ महोत्सव जिल्लाको तानसेन नगरपालिका–१४, अर्गलीमा आलु प्रवर्धन महोत्सव गरिएको छ । तानसेन नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि)को सहयोगमा ग्रामीण आर्थिक विकास संघ रेडाको समन्वयमा महोत्सव गरिएको हो ।
कोरियाका गाई नेपालमा
कोरियाका गाई नेपालमा दक्षिण कोरियाका गाई नेपाल ल्याइएको छ । हेफर कोरियाले नेपाललाई १ सय १ उन्नत जातका गाई नेपाल पाठाएको हो । जहाजमार्फत गाई नेपाल ल्याइएको छ । कोरियाका कृषकले नेपाललाई अनुदान–उपहार स्वरुप बाछी र २० साढे दिएको छ । ति गाईहरू अहिले सिन्धुली पुर्‍याइएको छ ।
अब जनतालाई नझुक्याइयोस्
अब जनतालाई नझुक्याइयोस् अब कुनै पनि राजनीतिक दलले राजनीतिक स्थिरता, समृद्धि र लोकतन्त्रको रक्षाका नाममा राजनीतिका कुरा नगरे हुन्छ । यस्ता खोस्रा कुरा अब जनताले पत्याउनेवाला छैनन् । हिजो जनतालाई जुन आश्वासन दिएर पाँचदलीय गठबन्धन गरियो र अहिले त्यो बिचमै तोडिएको छ । यो अत्यन्त गलत हो ।
पाल्पाको सिद्धेश्वरमा एमालेको चुनावी समीक्षा
पाल्पाको सिद्धेश्वरमा एमालेको चुनावी समीक्षा नेकपा एमालेले चुनावी समीक्षा गरेको छ । एमाले रैनादेवी छहरा गाउँपालिका कमिटीले वडा नंं १ को सिद्धेश्वरमा चुनावी समीक्षा गरेको हो । मंसिर ४ गते भएको आम निर्वाचनको समीक्षा, पार्टी सदस्यता नविकरण लगायतका विषयमा छलफल भएको थियो ।
दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ
दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।
प्राधिकरणले पायो फ्रिक्वेन्सी अनुमति
प्राधिकरणले पायो फ्रिक्वेन्सी अनुमति नेपाल विद्युत प्राधिकरणले रेडियो फ्रिक्वेन्सीको अनुमति पाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा चार वर्षदेखि अड्किएको रेडियो फ्रिक्वेन्सीको अनुमति प्राधिकरणले पाएको हो ।
सुन र नगदसहित बुटवलमा प्रहरीका डीएसपी पक्राउ
सुन र नगदसहित बुटवलमा प्रहरीका डीएसपी पक्राउ बुटवलमा सुन र नगदसहित प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक केसीलाई ३५ तोला सुन र १८ लाख रुपैयाँ नगदसहित आइतबार राति निवासबाटै पक्राउ गरेको हो ।
पाल्पाको निस्दीमा टिपरले किच्दा सहचालकको मृत्यु
पाल्पाको निस्दीमा टिपरले किच्दा सहचालकको मृत्यु जिल्लाको निस्दी गाउँपालिका–७ पिपेण्डीस्थित सर्वोतम चुनढुङ्गाखानी नजिकै टिपरले किच्दा सहचालकको मृत्यु भएको छ । सोमबार विहान हावा भर्न रोकी राखेको ग २ ख ०७६९ नम्वरको टिपर अचानक गुड्न गई नजिकै पार्किङ्ग गरी राखेको ग २ ख ०७७१ नम्वरको टिपरमा ठोक्किन जाँदा ग २ ख ०७६९ नम्वरको टिपरका सहचालकको मृत्यु भएको...
नेतृत्व हानथापले काँग्रेसलाई नोक्सान, एमालेको सरप्राइज, प्रचण्ड प्रधानमन्त्री
नेतृत्व हानथापले काँग्रेसलाई नोक्सान, एमालेको सरप्राइज, प्रचण्ड प्रधानमन्त्री असीमित सम्भावनाको पुञ्ज भएकाले राजनीतिमा कहिलेकाहीँ नसोचेको परिदृश्यसमेत देखिन्छ । सत्ता समीकरणको खेलमा आफू अनुकल नेताहरूले जुनसुकै निर्णय गर्छन् । नेपालजस्तो देशमा त झन् धेरैजसो समय राजनीतिमा नसोचेका निर्णय र परिदृश्यहरु देखा पर्ने गरेका छन् । आइतबार त्यस्तै परिदृष्य नेपाली राजनीतिको समीकरणले देखाएको छ ।
गुल्मीको इस्मामा तीन वर्षदेखि अलपत्र फुटबल रङ्गशाला
गुल्मीको इस्मामा तीन वर्षदेखि अलपत्र फुटबल रङ्गशाला गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन ।
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’ क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले आइतबार पाल्पासहित देशभर ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका छन् । पाल्पामा रहेका विभिन्न चर्चलेहरु आ–आफ्नै तवरले उक्त पर्व मनाएका हुन् । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित जिल्लाका चर्चमा प्रार्थना लगायत सामान्य...
Weather Update