Shittalpati
पाल्पासहित लुम्बिनी प्रदेशमा चिसो बढ्यो
पाल्पासहित लुम्बिनी प्रदेशमा चिसो बढ्यो पछिल्लो केही दिन यता पाल्पासहित लुम्बिनी प्रदेशका अधिकांस जिल्लाहरुमा चिसो बढेको छ । मौसम परिवर्तन भएसँगै एक्कासि चिसो बढेको हो ।
नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी
नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो ।
२५ बैंकले चार अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने
२५ बैंकले चार अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने सम्झौता विपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैंकले चार अर्ब ६७ करोड ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौता विपरीत प्रिमियम थप गरेपछि वाणिज्य बैंकहरूलाई नेपाल राष्ट्र बैंकले नियमविपरीतको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको हो ।
लुम्बिनीमा ‘एमाले गठबन्धन’कै सरकार बन्ने
लुम्बिनीमा ‘एमाले गठबन्धन’कै सरकार बन्ने नयाँ राजनीतिक समीकरण बनेसँगै लुम्बिनी प्रदेशको सरकार एमाले–माओवादी सहित सातदलीय गठबन्धनकै बन्ने देखिएको छ । केन्द्रको गठबन्धनमा रहेका दल एक ठाउँमा उभिँदा यहाँ पनि एमाले गठबन्धनमै सामेल भएकाको सरकार बन्ने निश्चित देखिएको हो । तर, नयाँ बनेको गठबन्धनको अंकगणित हेर्दा प्रदेश सरकारको भागबण्डा मिलाउन एमाले–माओवादीलाई सहज भने देखिँदैन ।
नारामै सीमित मानव अधिकार
नारामै सीमित मानव अधिकार गएको एक वर्षको अवधिमा गुल्मीका सात बालिका र आठ महिला बलात्कृत भए । बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६५ वर्षकी वृद्धासमेत छिन् । स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकले उनीहरुलाई गिज्याइरहेको छ । पीडक गिरफ्तार भई पुर्पक्षका लागि कारागार चलान हुनुबाहेक उनीहरुको चित्त बुझाउने बाटो केही छैन् । उनीहरु समाजका अगाडि मरेतुल्य...
‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ बारे वक्तृत्व
‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ बारे वक्तृत्व ‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । विश्वव्यापी रुपमा जनवायु परिवर्तनको असर देखापर्न थालेपछि विद्यार्थीहरुलाई त्यसको बारेमा जानकारी गराउने उद्देश्यले गुल्मीमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
कुमारी र एनसीसी बैंकले एकीकृत कारोबार गर्दै
कुमारी र एनसीसी बैंकले एकीकृत कारोबार गर्दै कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले एकीकृत कारोबार सुरु गर्न लागेका छन् । उनीहरुले यही पुस १७ गतेदेखि एकीकृत कारोबार गर्न लागेका हुन् ।
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता बनोस्
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता बनोस् मुलुकमा नयाँ सरकार गठन भइसकेको छ । अब केही दिनमै सरकारले पूर्णता पाउने छ । जनताको प्रतिनिधिको रुपमा नयाँ सांसद आइसकेका छन् । तिनै सांसदबाटै सरकार निर्माण हुने र मन्त्री बन्ने भएकाले सरकारले इमानदारितापूर्वक भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्छ ।
नेपाली सेनाको प्रवक्तामा पाल्पाका भण्डारी
नेपाली सेनाको प्रवक्तामा पाल्पाका भण्डारी पाल्पाका कृष्णप्रसाद भण्डारी नेपाली सेनाको प्रवक्ता तोकिएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका –२ पोखराथोका सहायकरथी भण्डारीले बुधबार नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । उनले सूचना तथा जनसम्पर्क निर्देशनालयमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।
लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते
लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाका सदस्यलाई यही पुस १६ गते शपथ गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ गराउन सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल टि ट्वान्टी क्रिकेटः लुम्बिनीको जित
नेपाल टि ट्वान्टी क्रिकेटः लुम्बिनीको जित राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो ।
Weather Update