Shittalpati
अझै सान्दर्भिक मेलमिलाप नीति तर बिर्सिए नेताले
अझै सान्दर्भिक मेलमिलाप नीति तर बिर्सिए नेताले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाई नेपाली राजनीतिक कोर्स बदल्ने ऐतिहासिक दिनका रुपमा लिने गरिन्छ । वि.सं. २०३३ पुस १६ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट स्वदेश फर्किएका थिए । सोही दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउने गरिन्छ ।
आनन्द सहकारीको अध्यक्षमा पुनः बज्राचार्य
आनन्द सहकारीको अध्यक्षमा पुनः बज्राचार्य आनन्द बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः सर्जुलाल बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । शनिबार तानसेनमा भएको सहकारीको १२ औं साधारण सभा तथा चौथौं अधिवेशनले बज्राचार्यलाई पुनः अध्यक्षमा चयन गरेको हो । सहकारीमा लामो समय कूूशल नेतृत्व प्रदान गर्दै आएका बज्राचार्य आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका...
भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंकको क्यूआर कोड
भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंकको क्यूआर कोड पाल्पाको ऐतिहासिक धार्मिक स्थल भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंक पाल्पा शाखाले क्यूआर कोड सञ्चालनमा ल्याइएको छ । नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले भैरवनाथ मन्दिर व्यवस्थापन समितिको समन्वयमा मन्दिर परिसरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।
राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु
राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
आज राष्ट्रिय टोपी दिवस मनाइँदै
आज राष्ट्रिय टोपी दिवस मनाइँदै राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाल्पा सहित देशभर दशौं दिवसका रुपमा हर्सोउल्लासका साथ मनाउन लागिएको हो । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु...
टोपी दिवसको सन्दर्भ
टोपी दिवसको सन्दर्भ आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा यो दिवस मनाउने गर्दछन् । नेपाली टोपीको प्रयोग विश्वभर...
खुकुरी प्रहारबाट किशोर घाइते
खुकुरी प्रहारबाट किशोर घाइते गुल्मीमा खुकुरी प्रहारबाट एक किशोर घाइते भएका छन् । यहाँको मदाने गाउँपालिका–६ का १५ वर्षीय सन्तोष कुँवर खुुकुुरी प्रहारबाट घाइते भएका हुन् ।
पाल्पाका उद्योगी–व्यवसायी आन्दोलनमा, थाले हस्ताक्षर संकलन गर्न
पाल्पाका उद्योगी–व्यवसायी आन्दोलनमा, थाले हस्ताक्षर संकलन गर्न राष्ट्र बैंकले ब्याजदर अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै देशैभरका उद्योगी, व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । पाल्पामा पनि चर्को ब्याजदरको विरुद्धमा उद्योगी–व्यवसायीहरुले आन्दोलन थालेका छन् ।
तानसेनमा ‘होटल करुवा महल’ सञ्चालन
तानसेनमा ‘होटल करुवा महल’ सञ्चालन पछिल्लो समय तानसेनमा ठूलो लगानीमा सुविधा सम्पन्न होटल खोल्ने क्रम बढेको छ । यहाँका व्यवसायीहरुले तानसेनमा आउने आन्तरिक तथा बाÞय पर्यटकहरुका लागि ठूला लगानीमा होटलहरु सञ्चालन गर्दै आएका छन् । यी नै होटलहरुको भिडमा यहाँ करिब दुई करोड लगानीमा अर्को एउटा नयाँ होटल सञ्चालनमा आएको छ । शुक्रबार सुन्दर नगरी...
Weather Update