नवजनचेतना राष्ट्रिय दैनिक २०७९ पुस १६ गते शनिबार
शनिबार, पुस १६, २०७९
रेडक्रसद्वारा प्राथमिक उपचार तालिम
शुक्रबार, पुस १५, २०७९
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा तथ्यमा आधारित सामुदायिक स्वास्थ्य तथा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ । समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आकस्मिक स्वास्थ्य कार्यक्रम अन्तर्गत रेडक्रसले पाँच दिने तालिम सञ्चालन गरेको हो ।
रायमाझी कूलदेवता समिति तानसेनले मनायो १९ औं साधारण सभा
शुक्रबार, पुस १५, २०७९
रायमाझी कूलदेवता तानसेन नगर समितिले १९ औं साधारण सभा मनाएको छ । समितिले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । सभाको पूर्व सांसद तथा कूल देवता समितिका केन्द्रीय सल्लाहकार यादवबहादुर रायमाझीले उद्घाटन गरेका हुन् ।
प्रदेशको विविधितालाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ : मुख्यमन्त्री केसी
शुक्रबार, पुस १५, २०७९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको विविधितालाई सम्पत्तिका रूपमा ग्रहण गरी सरकार अगाडि बढेको बताएका छन् । गुरुङ समुदायको महान् पर्व तमु ल्होसार, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रदेशका गुरुङ समुदायको भाषा, धर्म, संस्कृतिको विकास र समृद्धिका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा समेत...
‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने
शुक्रबार, पुस १५, २०७९
नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको थियो । चौतर्फी रुपमा उक्त निर्णयको विरोध भएपछि सरकारले तत्कालका लागि एमडिएमएस लागू नगर्ने भएको हो ।
आज ‘पुसे पन्ध्र’ पर्व
शुक्रबार, पुस १५, २०७९
देशभर आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । विभिन्न समुदायका नागरिकहरुले परम्परा अनुसार नै ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाउन लागेका हुन् । हरेक वर्ष पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ ।
गुणस्तरीय शिक्षाका लागि माथागढीमा सक्षम कार्यक्रम
शुक्रबार, पुस १५, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले सक्षम कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय शिक्षा सुधार अभियानबाट माथागढीको समग्र विकास अगाडि बढाउने उद्देश्यका साथ गाउँपालिकाले बृटिश काउन्सिलको सहयोगमा पालिकाको विद्यालय शिक्षामा चालु आर्थिक वर्षदेखि सक्षम कार्यक्रम लागु गरेको हो ।
रामपुरमा जनप्रतिनिधि र कर्मचारीलाई अनुशिक्षण
शुक्रबार, पुस १५, २०७९
जिल्लाको रामपुरमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई एक दिने अनुशिक्षण गराइएको छ । जिल्ला समन्वय समिति पाल्पाले रामपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई वित्तीय सुशासन जोखिम मूल्याड्ढन सम्बन्धी अनुशिक्षण गराएको हो ।
गुल्मी अस्पतालमा हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार
शुक्रबार, पुस १५, २०७९
गुल्मी अस्पतालमा हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार गरिएको छ । रेसुङ्गा नगर सरकारको पहलमा यहाँ हाडजोर्नी सेवा विस्तार गरिएको हो ।
रेसुङ्गा नगरपालिकाले हाडजोर्नी विशेषज्ञ राख्नका लागि प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि यहाँ हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार गरिएको छ । विशेषज्ञ सेवा विस्तार हुन थालेपछि भने सेवाग्राहीलाई सहज भएको छ ।
यस वर्ष धान उत्पादन बढ्यो
शुक्रबार, पुस १५, २०७९
यो वर्ष देशभर धान उत्पादन बढेको छ । गतवर्ष भन्दा यो वर्ष ६ दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ३ लाख ५५ हजार ८ सय ४७ टन बढी धान उत्पादन भएको जनाएको छ ।
पुस १५ र ल्होसार
शुक्रबार, पुस १५, २०७९
नेपाल सामाजिक, धार्मिक तथा सांस्कृतिक रूपमा विविधता भएको देश हो । यहाँ फरक–फरक जातिले फरक–फरक चाडपर्व मनाउँछन् । एउटै पर्व पनि भूगोल र समाज अनुसार फरक–फरक ढंगले मनाइन्छ । महिनैपिच्छे कुनै न कुनै समुदायको चाडपर्व पर्ने गर्दछ । सबै चाडपर्वको आ–आफ्नै महत्व र महिमा छ ।
फेरि बढ्न थाल्यो कोरोना संक्रमण
बिहीबार, पुस १४, २०७९
नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । छिमेकी मुलुकमा संक्रमणमा बढ्दै जान थालेपछि नेपालमा पनि त्यस असर देखा पर्न लागेको हो ।


