‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
शनिबार, चैत २५, २०७९
एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम
शनिबार, चैत २५, २०७९
एसईई दिएका विद्यार्थीले निःशूल्क रुपमा मोवाइल सिम पाउने भएका छन् । नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउने भएको हो । उसले एसईई दिएका विद्यार्थीहरुलाई लक्षित गरी एसईई २०७९ अफर उपलब्ध गराउन लागेको छ । कम्पनीले विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध...
गीत संगीतमा चम्किएका रामचन्द्र : फेरि ल्याए ‘घाँटी रेट्नलाई’
शनिबार, चैत २५, २०७९
लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो रामचन्द्र चन्द । गुल्मीको अग्लुङमा आमा मिनाकुमारी चन्द र बुवा भिमसेन चन्दको सुपुत्रका रुपमा जन्मिएका चन्दलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोकदोहोरी क्षेत्रमा सबैले चिन्ने गर्दछन् ।
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
शुक्रबार, चैत २४, २०७९
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे ।
ठगी गर्ने नासु पक्राउ
शुक्रबार, चैत २४, २०७९
वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी रहेका छन् ।
ठगी गर्ने गिरोह सार्वजनिक
शुक्रबार, चैत २४, २०७९
वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएकाहरुका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी काठमाडौँको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित छ जनालाई सार्वजनिक गरेको हो ।
कार्यसम्पादनमा रैनादेवी छहरा गाउँपालिका उत्कृष्ट
शुक्रबार, चैत २४, २०७९
जिल्लाभरका स्थानीय तहको कार्यसम्पादन सूचक बापतको मूल्यांकनमा रैनादेवी छहरा गाउँपालिका उत्कृष्ट ठहरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानिकरण अनुदानका लागि विभिन्न १७ सूचकका आधारमा मूल्यांकन गर्दा यहाँका १० पालिकामध्ये सो गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको हो । सूचकमा कूल...
आजदेखि निर्वाचन आचारसंहिता लागू
शुक्रबार, चैत २४, २०७९
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू हुने भएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने भएको हो ।
फेरि कोभिडकै भय
शुक्रबार, चैत २४, २०७९
केही समय कम भएको कोभिड–१९ महामारीले फेरि बढ्दो रुप लिएको छ । यसले गर्दा आम नागरिकमा फेरी भयको सिर्जना गरिदिएको छ । नेपालमा एक सातायता कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । पछिल्लो एक सातामा ४ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । अहिले देखिएको संक्रमण कोरोना भाइरसको नयाँ...
लुम्बिनी म्याराथन दीपक र राजपुरालाई
बिहीबार, चैत २३, २०७९
बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् ।
तानसेनमा हनुमान जयन्ती मनाइयो
बिहीबार, चैत २३, २०७९
जिल्लाको तानसेनमा हनुमान जयन्ती मनाइएको छ । बिहीबार सनातन धर्म सेवा समिति मेहल्धारा तानसेनले हुनुमानको पूजासँगै हनुुमानको मन्दिरमा र·रोगन गरी हनुमान जयन्ती मनाएको हो । हनुमान जयन्तीको अवसरमा सनातन धर्मका अनुयायीले नारायणस्थान फूलबारीस्थित हनुमान मन्दिरमा हनुमानको पुजा गरेका हुन् ।


