नवजनचेतना राष्ट्रिय दैनिक २०७९ चैत २२ गते बुधबार
बुधबार, चैत २२, २०७९
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
मंगलबार, चैत २१, २०७९
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर दश दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन
मंगलबार, चैत २१, २०७९
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले सरकारलाई नेपालको स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन गर्न थालिएको जानकारी दिए । उनका अनुसार सम्मेलन यही चैत २८ र २९ गते...
शिक्षकलाई ऋण
मंगलबार, चैत २१, २०७९
बागलुङको जैमिनी नगरपालिकाको शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म सञ्चालन गरेको विज्ञ सम्मेलनको समापनपछि घोषणापत्र जारी गर्दै नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना गरी शिक्षकलाई आवश्यक शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।
दुई विधेयक पारित
मंगलबार, चैत २१, २०७९
राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
‘सहकारी दिवस’ले जगाएको उत्साह
मंगलबार, चैत २१, २०७९
पछिल्लो समय एकपछि अर्को सहकारी भाग्ने क्रम बढेको छ । आर्थिक विचलनका कारण निक्षेप दिन नसकेपछि कतिपय सहकारी बन्द गरेर भागेका समाचारले सहकारी संस्थामा आवद्ध सदस्यहरु चिन्तित बनिरहेका बेला यस वर्षको सहकारी दिवसले भने केही उत्साह जगाएको छ । पाल्पामा सञ्चालित सहकारीहरुमा त्यस्तो कुनै घटना नभए पनि देशका अन्य ठाउँमा...
बेमौसमी वर्षाले गहुँबालीमा क्षति
मंगलबार, चैत २१, २०७९
दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्याएको छ । बाली भिर्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताए । उनले भने, ‘हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना...
एकल पुरुषलाई मासिक भत्ता
मंगलबार, चैत २१, २०७९
गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ । गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक एक हजारका दरले भत्ता वितरण गरिएको हो ।
ऐतिहासिक क्षेत्र बल्ढेङगढीमा सेनाको अध्ययन भ्रमण
मंगलबार, चैत २१, २०७९
पाल्पाको रैनादेवी छहरामा रहेको ऐतिहासिक क्षेत्र बल्ढेङ्गढीमा नेपाली सेनाले अध्ययन भ्रमण गरेको छ । नेपाली सैनिक ब्याटल स्कुल सालझण्डीमा तालिमरत युवक अधिकृत तालिमका ८४ सहित १०५ जनाको समूहले पाल्पाको तानसेनमा अध्ययन भ्रमण गरेको हो ।
देशभरका परियार समुदायका अगुवा पाल्पामा भेला हुँदै
मंगलबार, चैत २१, २०७९
देशभरका परियार समुदायका अगुवाहरु पाल्पामा भेला हुने भएका छन् । परियार समाज गुठीकोे स्वर्ण महोत्सव मनाउन देशभरका परियार समुदाय पाल्पाको तानसेन आउने भएका हुन् । गुठीको यही चैत २८ र २९ गते हुने महोत्सवमा देशभरबाट झण्डै पाँच सय परियार समुदायका अगुवाहरु तानसेन आउने आयोजकले जनाएको छ ।
सहकारी दिवसको औचित्य
मंगलबार, चैत २१, २०७९
‘सहकारीको दिगोपनाः स्व–नियमन र सुशासन’ भन्ने मूल नाराका साथ सोमबार ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने गरिएको हो । नेपालमा वि.सं. २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई सहकारी आन्दोलनको...
तानसेनमा सहकारी दिवसमा निकालियो सचेतना र्याली
सोमबार, चैत २०, २०७९
तानसेनमा ‘सहकारीको दिगोपन : स्वनियमन र सुशासन’ नारासहित ६६ औँ सहकारी दिवस मनाइएको छ । तानसेन नगरपालिका, जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको कार्यक्रममा सचेतनामूलक र्याली निकालिएको हो ।


