प्रदेश सभामुख र तानसेनका जनप्रतिनिधिबिच छलफल
मंगलबार, चैत २८, २०७९
परियार समुदायकोे एकता र पाल्पा गुठी
मंगलबार, चैत २८, २०७९
परियार समुदायलाई दमाई, ढोली आदि नामले पनि चिनिने गरिन्छ । सुदुर पश्चिममा ढोली, आउजी, हुड्के आदि विशेषणवाट पनि चिनिन्छन् । पूर्विय दर्शन मान्नेहरु या हिन्दु धर्म मान्नेहरुले मन्दिर या पूजा स्थलमा नगरा, ढोल, दमाहा आदि बजाएर पुजा गर्ने चलन छ । विशेषत : दमाहा बजाएको हुनाले दमाहाको अपभ्रंश भई दमाई...
व्यर्थ सय दिन
मंगलबार, चैत २८, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका सय दिन व्यर्थमै गुज्रियो । सरकारका सय दिनलाई ‘हनिमुन पिरियड’का रुपमा हेरिन्छ । तर यो अवधिमा सरकारले उपलब्धी मूलक काम केही पनि गर्न सकेनन् । खासमा सत्ता बनाउने र भत्काउने बाहेक अरु काम हुन सकेनन् । प्रधानमन्त्री प्रचण्डले दोस्रो पटकसम्म विश्वासको मत प्राप्त गर्नु...
गणेश सहाकारीले दियो शेयर सदस्यलाई संस्थाको लोगो सहितको पोशाक
सोमबार, चैत २७, २०७९
जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक शेयर सदस्यहरुलाई पोशाक वितरण गरेको छ । सहकारीले संस्थाको पहिचान दिन र शेयर सदस्यहरुलाई संस्थाप्रति अपनत्व ग्रहण गराउने उद्देश्यले सहकारीको लोगो सहितको ट्रयाक सुट र सुुईटर वितरण गरेको हो ।
राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधन सम्बन्धी विधेयक पारित
सोमबार, चैत २७, २०७९
राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकोमा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै...
ब्याजदर घटाउन व्यवसायीको माग
सोमबार, चैत २७, २०७९
नेपाल व्यवसायी राष्ट्रिय महासङ्घले बैँक तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष माग गरेका छन् । महासङ्घको टोलीले आज अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेटेर कोरोनाले थलिएका उद्योगी व्यवसायी बैँक तथा वित्तीय संस्थाले चर्को ब्याजको कारणले व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै ब्याजदर घटाउन माग गरेका हुन् ।
पाल्पामा बढ्दो ‘लम्पी स्किन’ : ७० गाईगोरू मरे, ८ सय संक्रमित
सोमबार, चैत २७, २०७९
पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्दै गएको छ । पहिलो पटक माथागढी गाउँपालिका–५ गोठादीका किसानले पालेको गाई गोरुमा देखिएको ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएर अहिले जिल्लाका ७ वटा पालिकामा पुगेको छ । सुरूमा फाट्टफुट्ट गाई गोरुमा देखिएको यो रोग पछिल्ला केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।
महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा
सोमबार, चैत २७, २०७९
रामपुरमा रहेको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रम अन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति पाँच उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो ।
साझा कार्यक्रमः ल्याउने मात्र होइन, कार्यान्वयन पनि गर
सोमबार, चैत २७, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक सय दिनभित्रै दुुई पटक साझा न्यूनतम कार्यक्रम ल्यायो । पहिलो पटक एमाले र राप्रपासहितका दलहरूको साथ र सहयोगमा सरकार गठन गरेका दाहालले गठबन्धन बदलेसँगै दोस्रोपटक अहिले दशदलिय गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएका हुन् ।
पाल्पा टेलिकमले ल्यायो ‘वायरलेस नमस्ते वाइफाई’ सेवा
आइतबार, चैत २६, २०७९
नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाले ‘वायरलेस नमस्ते वाइफाई सेवा सुुरु गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा
आइतबार, चैत २६, २०७९
रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।


