राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू
बुधबार, फागुन १७, २०७९
संंकटमा लुम्बिनी प्रदेश सरकार
बुधबार, फागुन १७, २०७९
संघीय सरकारमा सत्ता फेरबदलसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको छ । आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर केन्द्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेससहित ८ दलको नयाँ गठबन्धन बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार संकटमा पर्ने देखिएको हो ।
सुशासन अभाव
बुधबार, फागुन १७, २०७९
सरकारका कामले जनताको जीवन सहज र सरल बनाउनु नै सुशासन हो । जनताबाट कर उठाउने सरकारले नागरिकका हरेक काममा सहयोगी भूमिका खेल्ने तथा आपत् विपद्मा सहयोग गर्ने अपेक्षा गरिन्छ । शान्ति सुरक्षा, न्याय र जनताको जीवनयापनमा सहजता ल्याउनका लागि नै सरकार चाहिएको हो । तर लोकतान्त्रिक गणतन्त्रपछिका कुनै पनि सरकारले...
चिलाङ्गदी, नायर–राम्दी सडक बन्द हुने
मंगलबार, फागुन १६, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका अन्तर्गत पर्ने चिलाङ्गदी, नायर–राम्दी सडक बन्द हुुने भएको छ । चिलाङ्गदीदेखि बगनासडाँडासम्मको सडकमा पिच तथा ढलान निर्माणको कार्य भइरहेकाले यही फागुन १८ गतेदेखि चैत्र ३० गतेसम्म सडक बन्द गरिने भएको हो ।
बुटवल बसपार्कमा फ्री वाइफाई
मंगलबार, फागुन १६, २०७९
बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्क क्षेत्रमा फ्री वाईफाई सेवा सुरु गरेको छ । ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँग मिलेर उपमहानगरले उक्त स्थानमा फ्रि वाईफाई सेवा दिएको हो । फ्री वाईफाई सेवाको मंगलबार उपमहानगर प्रमुख विद्यासुन्दर मुख खेलराज पाण्डेयले उद्घाटन गरे ।
बैशाख १४ देखि पाल्पा महोत्सव हुने
मंगलबार, फागुन १६, २०७९
आउँदो बैशाखमा पाल्पा महोत्सव हुने भएको छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा यही बैंशाख १४ देखि २४ गतेसम्म पाल्पा महोत्सव हुन लागेको हो ।
आइपिओ निष्कासन गर्दै मोदी इनर्जी
मंगलबार, फागुन १६, २०७९
मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो ।
पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
मंगलबार, फागुन १६, २०७९
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले पठायो पत्र
मंगलबार, फागुन १६, २०७९
नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै
मंगलबार, फागुन १६, २०७९
निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।
मगर एकता दिवसको सार्थकता
मंगलबार, फागुन १६, २०७९
सोमबार देशैभर ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाइएको छ । हरेक वर्षको फागुन १५ गतेलाई आदिवासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, साँस्कृतिक, सांगठनिक तथा राजनीतिक चार्डको रुपमा यो दिवस मनाउने गर्दछन् । ५२ प्रतिशत भन्दा बढी मगर समुदाय रहेको पाल्पामा पनि भव्य रुपमा यो दिवस मनाइएको छ । पाल्पा...
सुरु भयो होली पर्व, आठ वर्षपछि तानसेनमा ठड्याइयो चीर
मंगलबार, फागुन १६, २०७९
रंगहरुको पर्व फागूपूर्णिमा (होली) सुरु भएको संकेत दिन पाल्पाको तानसेनस्थित टक्सारटोलमा विधिवत रुपमा चीर ठड्याइएको छ । गणेश मन्दिरको मूलद्धार अगाडि रंगीचंगी धजाले सिंगारिएको चीर आठ वर्षपछि गाडिएको हो ।


