वन्यजन्तु दिवसको सान्दर्भिकता र हाम्रो दायित्व
शुक्रबार, फागुन १९, २०७९
नेपाल यू–१९ विश्वकपमा छनोट
बिहीबार, फागुन १८, २०७९
नेपालले आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।
पाल्पा व्यापार संघको शपथ तथा पद हस्तान्तरण
बिहीबार, फागुन १८, २०७९
पाल्पा व्यापार संघको तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको शपथ तथा पदस्थापन कार्यक्रम गरी जिम्मेवारी हस्तानतरण गरिएको छ । गएको पुस ३० गते तेस्रो अधिवेशनबाट निर्वाचित संघको बामदेव बस्यालको नयाँ कार्यसमितिलाई चिरञ्जिवी पोखरेलको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिले जिम्मेवारी हस्तानतरण गरेको हो ।
१७ महिनापछि पाल्पाका प्रजिअ पन्तको गृहमन्त्रालयमा सरुवा
बिहीबार, फागुन १८, २०७९
१७ महिनाको अवधिमा पाल्पामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर जगन्नाथ पन्तले जिल्लामा केही नमुना योग्य काम गरेको पाल्पाका राजनीतिक दल, पत्रकार, विभिन्न संघ संस्थाले बताएका छन् । १७ महिनाको बसाई पछी गृहमन्त्रालय सरुवा भएका पन्तले स्थानीयतह, प्रदेश र संघको निर्वाचन विवाद रहित तरीकाले सम्पन्न गरेको, जिल्लामा शान्ति सुरक्षा कायम गरेकोमा...
रामपुरमा प्रधानमन्त्री रोजगार सम्बन्धी अभिमुखिकरण
बिहीबार, फागुन १८, २०७९
जिल्लाको रामपुर नगरपालिकामा रामपुर प्रधानमन्त्री रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । नगर सरकारको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामको पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
रैनादेवी छहरा सरकारको बजेट खर्च ३६ प्रतिशत
बिहीबार, फागुन १८, २०७९
रैनादेवी छहरा गाउँ सरकारको चालु आर्थिक वर्षको ७ महिनामा ३६ प्रतिशत बजेट मात्रै खर्च भएको छ । माघ मसान्तसम्म गाउँ सरकारको कुल विनियोजित बजेटको ३६ प्रतिशत मात्रै बजेट खर्च भएको हो । चालु आर्थिक वर्षमा ६८ करोड ९ लाख २५ हजार विनियोजन गरेकोमा गाउँ सरकारले बितेको सात महिनासम्म मुस्किलले कुल...
आरनका आधुनिक साधन वितरण
बिहीबार, फागुन १८, २०७९
बुटवलमा आरन व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई बुटवल उपमहानगरपालिकाले आरनका आधुनिक साधन वितरण गरेको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्न उपमहानगरपालिकाले बुटवलभित्र आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पंखा, ग्रिन्डर मेसिन, कैँची, रेती, घनलगायतका उपकरण वितरण गरेको हो ।
दोहाकतारमा रहेका पाल्पालीद्वारा विद्यालयमा अक्षयकोष
बिहीबार, फागुन १८, २०७९
दोहाकतारमा रहेका पाल्पालीहरुले पाल्पाको एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । रोजगारको शिलसिलामा कतार पुगेकाहरुले संकलन गरेको रकम पाल्पाली सेवा समाज दोहाकतारले जिल्लाको पूर्वखोलामा रहेको उद्बुद्ध उमाविमा अक्षयकोष स्थापना गरिदिएको हो ।
नेपाली काँग्रेस : पुस्तान्तरण र अबको बाटो
बिहीबार, फागुन १८, २०७९
नेपालका हरेक राजनैतिक परिवर्तनमा नेपाली काँग्रेसको भूमिका आफैमा गौरव गर्ने लायक छ । १४ औं महाधिवेशन पछिका दुई बर्षले नेपाली काँग्रेस भित्र जुन किसिमको जीवन्ततामा थप उर्जा र प्रेरणादायी भूमिका खेल्नुपर्ने थियो त्यो कम भएको हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ । यसरी चिन्ता जागृत हुनु काँग्रेसका लागि सकरात्मक...
प्रचण्डलाई मन्त्रालयको बोझ
बिहीबार, फागुन १८, २०७९
सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको गुनासो आइरहेका बेला वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १६ मन्त्रालयको भारी एक्लैले बोकेका छन् । सरकारबाट नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि रिक्त भएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले लिएका हुन् ।
रैनादेवी छहरामा अध्यक्ष कप प्रतियोगिता सुुरु, विजेताले ५० हजार पाउने
बुधबार, फागुन १७, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु भएको छ । पालिकास्तरीय खेलमैदान कटौजेपानीमा शुरु भएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले शुभारम्भ गरे ।


