नेप्से परिसूचकमा चार दशमलव ५५ अंकको सुधार
सोमबार, फागुन १५, २०७९
शिक्षकले पाएनन् पारिश्रमिक
सोमबार, फागुन १५, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउने गरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् ।
तानसेनमा ‘प्लोग्गिङ्ग म्याराथन’
आइतबार, फागुन १४, २०७९
प्लाष्टिक जन्य फोहोर व्यवस्थापन गर्ने उद्देश्यले तानसेनमा ‘प्लोग्गिङ्ग म्याराथन’ प्रतियोगिता आयोजना गरिएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा अध्ययनरत विद्यार्थीहरुद्वारा गठित रोट्रायाक्ट क्लब अफ पाल्पा लुम्बिनीले रोटरी क्लव अफ पाल्पा लुुम्बिनीको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।
लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने
आइतबार, फागुन १४, २०७९
लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ । झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।
सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन
आइतबार, फागुन १४, २०७९
बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ । गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उनी सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।
दुई महिनामै भत्कियो सत्ता गठबन्धन
आइतबार, फागुन १४, २०७९
पुस १० मा एमालेसहित सातदलीय गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालले बालकोटको बार्दलीबाट हात हल्लाउँदै गठबन्धनको यात्रा तय गरेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावपछि पहिले प्रधानमन्त्री नदिएपछि निराश बनेका दाहाल त्यतिबेला अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ...
तिनाउका किसानलाई मकै रोप्ने मेसिन
आइतबार, फागुन १४, २०७९
जिल्लाको तिनाउ गाउँपालिकाले किसानलाई मकै रोप्ने मेसिन निःशुल्क दिएको छ । पालिकाले मकै उत्पादन बढाउन आधुनिक प्रविधिको प्रयोगप्रति किसानलाई आकर्षित गर्न मेसिन दिएको हो । पछिल्लो समय मकैको माग अत्याधिक रहेपनि उत्पादन कम हुँदा उपभोक्ताले महँगो मूल्यमा मकै खरिद गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरी गाउँपालिकाले मेसिन वितरण गरेर आधुनिक प्रविधिको प्रयोगको...
कोइरालाको ‘तीर्थ यात्रा’ कृति लोकार्पण
आइतबार, फागुन १४, २०७९
शिवप्रसाद कोइरालाद्वारा लिखित ‘तीर्थ यात्रा’ (धार्मिक नियात्रा संग्रह) कृतिको लोकार्पण गरिएको छ । शनिबार पाल्पा साहित्य समाजले एक औपचारिक कार्यक्रमका बीच तानसेनमा उक्त कृतिको विमोचन गरेको हो ।
स्ववियु निर्वाचन : असल राजनीतिक नेतृत्व उत्पादन गर्ने ‘नर्सरी’ बनोस्
आइतबार, फागुन १४, २०७९
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरे लगत्तै निर्वाचनको चहलपहल बढेको छ । यतिबेला देशैभरका क्याम्पसमा विद्यार्थी नेताहरुको उपस्थिति तथा सक्रियता बढेको छ । अरु बेला सुनसान रहने क्याम्पसहरु त्रिबिले निर्वाचन कार्यतालिका प्रकाशन गरेपछि भने Þवात्तै बढेको हो । विभिन्न संघ,संगठनका विद्यार्थी नेताहरु...
लघुवित्तका समस्या समाधान गर
आइतबार, फागुन १४, २०७९
विपन्न र सीमान्तीकृत वर्गको वित्तीय पहुँच विस्तार र आयआर्जन वृद्धि गरी मुलुकको आर्थिक उन्नतिमा योगदान गर्ने मुख्य उद्देश्यले लघुवित्त वित्तीय संस्था स्थापना भएका हुन् । न्यून आय भएका व्यक्तिलाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न बिनाधितो लघु कर्जा प्रवाह गर्नु...
एमालेबाट राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी
शनिबार, फागुन १३, २०७९
नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका थिए ।


