Shittalpati
तानसेनमा चल्यो नगर सरकारको डोजर, धमाधम घर, टहरा भत्काइंदै
तानसेनमा चल्यो नगर सरकारको डोजर, धमाधम घर, टहरा भत्काइंदै पाल्पा, तानसेन नगरपालिकाले ऐतिहासिक पाल्पा दरबार क्षेत्रका घर, टहरा संरचना भत्काएको छ । तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन उद्देश्यले यहाँका सरकारी घर, टहरा संरचनामा नगर सरकारले बुधबार विहानैदेखि डोजर लगाएको हो ।
कोरोनाबाट थप दुईको मृत्यु
कोरोनाबाट थप दुईको मृत्यु कोभिड संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार थप २ जनाको मृत्यु भएको हो । मंगलबार थप १ सय ७१ जनामा संक्रमण देखिएको छ । २ हजार २ सय ९२ जनामा परीक्षण गर्दा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ...
ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण
ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण गरिएको छ । पाल्पाली साहित्यकार तथा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा लिखित अस्तित्वको तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।
पाल्पाली संगमले काठमाडौँमा महोत्सव गर्दै
पाल्पाली संगमले काठमाडौँमा महोत्सव गर्दै पाल्पाबाट विभिन्न पेशा व्यवसाय, अध्ययन र रोजगारको शिलशिलामा काठमाडौंमा बस्दै आएका पाल्पालीहरुको साझा संस्था पाल्पाली संगमले काठमाडौंमा महोत्सव गर्न लागेको छ । संगमले स्थापना दिवसको अवसरमा काठमाडौँमा पाल्पा महोत्सव २०८० आयोजना गर्न लागेको हो ।
कानुन सिक्दै रामपुरका जनप्रतिनिधि
कानुन सिक्दै रामपुरका जनप्रतिनिधि स्थानीय तहमा कानुनी ज्ञानको कमीले कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भइरहेका बेला पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिहरूले कानुनी प्रक्रियाको विषयमा जानकारी लिन थालेका छन् । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयले रामपुरमा तालिम दिइरहेको छ । दुुई दिनसम्म चल्ने सचेतनामूलक कार्यक्रम सोमबारदेखि सुरु भएको हो ।
व्यवसायिक मौरीपालनमा कृषक आकर्षित
व्यवसायिक मौरीपालनमा कृषक आकर्षित पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञान केन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको हो ।
स्वदेशी महलाई प्रोत्साहन गर
स्वदेशी महलाई प्रोत्साहन गर पछिल्लो समय मौरी व्यवसायीमा किसानहरुको आकर्षण बढ्दै गएको छ । धेरै दुःख गर्न नपर्ने र धेरै ठाँउ पनि नचाहिने भएकाले पनि धेरै किसानको रोजाई मौरीपालन बनेको छ । मौरीबाट उत्पादित महबाट किसान मनग्य आम्दानी गर्न सफल भएका छन् । मह उत्पादन बढे पनि त्यसले बजार भने पाउन सकेको सकेको छैन् ...
कालीगण्डकी नदी किनारमा एक महिला मृत फेला
कालीगण्डकी नदी किनारमा एक महिला मृत फेला कालीगण्डकी नदी किनारमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको रामपुर नगरपालिका –घोप्टेघाटस्थित कालीगण्डकी नदीको किनारमा स्याङ्जा चापकोट नगरपालिका–८ दामाचौरकी ५३ वर्षीया सरस्वती पाठक सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
रामपुरमा उन्नत जातको विउ बोका वितरण
रामपुरमा उन्नत जातको विउ बोका वितरण जिल्लाको रामपुर नगरपालिकामा उन्नत जातको विउ बोका वितरण गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज (बेस) नेपालको सहजीकरणमा बोका वितरण गरिएको हो ।
कानुन सचेतना सम्बन्धी कार्यक्रम रामपुरमा सुरु
कानुन सचेतना सम्बन्धी कार्यक्रम रामपुरमा सुरु स्थानीय तहमा प्रदेश कानुन लगायत विभिन्न कानुनहरुको २ दिने सचेतना कार्यक्रम रामपुर नगरपालिकामा सोमबार देखि शुरु भएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयको आयोजनामा नगरपालिका भित्रका जनप्रतिनिधिहरुका लागि कानुन सम्बन्धी २ दिने सचेतना कार्यक्रम सुरु भएको भएको हो ।
प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ
प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
Weather Update