रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान हुँदै
आइतबार, वैशाख १७, २०८०
मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, सोमबार विश्वासको मत लिने
आइतबार, वैशाख १७, २०८०
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदभार ग्रण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
नेपालमा उत्पादित सवारी दर्ता गर्न बाटो खुल्यो
आइतबार, वैशाख १७, २०८०
नेपालमा उत्पादित सवारी दर्ता गर्न बाटो खुलेको छ । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएसँगै दर्ताका लागि बाटो खुला भएको हो । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको छ ।
किन पुराना दलप्रति बढ्दै छ वितृष्णा ?
आइतबार, वैशाख १७, २०८०
संसदीय व्यवस्थामा राजनीतिक पार्टीहरू अपरिहार्य संस्था हुन् । तर समयको बहावसँगै राजनीतिक दलहरूमाथि पनि नयाँ–नयाँ चुनौतीहरू थपिदै गएका छन् । संगठन गर्ने शैली, पद्धति, मुद्दा र काममा नयाँ परिवर्तन हुनुपर्ने भए पनि त्यसो हुन सकिरहेको छैन् । उन्नाइसौँ शताब्दीका राजनीतिक संगठनहरूभन्दा बीसौँ शताब्दीका संगठनहरू धेरै मानेमा फरक हुन पुगे ।
अयोग्य लडाकुलाई रकम बाँड्न रोक
आइतबार, वैशाख १७, २०८०
सरकारले अयोग्य लडाकुलाई दुुई लाख बाँड्ने भनि गरेको निर्णयप्रति व्यापक आलोचना भएको छ । यस अघि एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकर्तालाई रकम बाँड्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका थिए । राहत स्वरुप प्रतिव्यक्ति दुई लाख रूपैयाँ दिने भनि कार्यविधि पारित गरेपछि त्यसलाई लिएर अहिले सर्वत्र बहस भएको...
एयर इन्डियाको जहाज ‘ओभरसुट’
शनिबार, वैशाख १६, २०८०
भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो ।
औलो रोगबाट बच्न सचेत बनौं
शनिबार, वैशाख १६, २०८०
औलो अर्थात् मलेरिया लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । औलो धेरै पुरानो र परम्परागतरुपमा परिचित समस्या हो । यसको न्यूनीकरणका लागि विश्वव्यापीरुपमै विभिन्न खाले अध्ययन–अनुसन्धान हुुने गरेका छन् ।
एभरेष्ट बैंकले गाडी किन्न कर्जा दिने
शनिबार, वैशाख १६, २०८०
एभरेष्ट बैंक लिमिटेडले गाडी किन्न कर्जा दिने भएको छ । उसले एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, ट्रिपर किन्नका लागि कर्जा दिने भएको हो ।
गुल्मीमा बढ्दो बसाइँसराई, ११ महिनामा ५ हजार ३ सयले छाडे गाउँ
शनिबार, वैशाख १६, २०८०
बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण अहिले बसाइँसराई बढ्दो छ । यही समस्याको परिणामस्वरुप अहिले गाउँ रित्तिदै गएका छन् ।
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुुईको मृत्यु
शुक्रबार, वैशाख १५, २०८०
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका र सत्यवती गाउँपालिकामा भएका छुुट्टाछट्टै घटनामा दुई जनाको मृत्यु भएको हो । यहाँको इस्मा गाउँपालिका–२ सामाचौरमा कुलोमा डुवेको अवस्थामा एक महिलाको शव फेला परेको छ । सोही ठाउँकी ३७ वर्षीया माया खत्री सामचौर–सेराको कुलोमा डुबेको अवस्थामा मृत...
बौद्धिक पलायन रोक्न सांसदको माग
शुक्रबार, वैशाख १५, २०८०
प्रतिनिधिसभामा सांसदहरुले मुलुकमा अवसरको कमी हुँदा बौद्धिक पलायन भइरहेको बताउँदै यसलाई रोक्नका लागि आवश्यक नीति ल्याउन सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले नेपालमा बौद्धिकता पलायन भइरहेको बताउँदै बौद्धिक पलायन रोक्नका लागि सरकारले आवश्यक कार्यक्रम अघि बढाउनपर्ने धारणा व्यक्त गरे ।


