पाल्पा, एभरेष्ट बैंक लिमिटेडले गाडी किन्न कर्जा दिने भएको छ । उसले एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, ट्रिपर किन्नका लागि कर्जा दिने भएको हो ।
कर्जा उपलब्ध गराउनका लागि नेपालका लागि एसएमएल इसुजुको आधिकारिक विक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि र बैंक लिमिटेडबीच लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरबकुमार तथा लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेसन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका छन् । लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो । लक्ष्मी ग्रुरुप हुण्डाईका प्यासेन्जर कार, बीएमडब्लू कारको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरू र एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक वितरक भई कार्य गर्दै आएको छ । एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्सियल भेहिकलसले नेपालमा आयात गरेर विक्री वितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिपर आदिमा बैंकका नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालय मार्फत गाडीको मूल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ । साथै, यस्तो कर्जा बढिमा ७ वर्षसम्मका लागि उपलब्ध हुनेछ । साथै, सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्सियलका विजनेस हेड सञ्जय खड्काले जानकारी दिए । सम्झौताले दुई संस्थाबीचको व्यापार बढाउन सहयोग पुग्ने र भविष्यमा पनि सहकार्य गर्दैै अगाडि बढ्न सकिने बैंकले विश्वास लिएको छ ।