अप्ठ्यारोमा अर्थतन्त्र : दुर्घटना हुनबाट जोगाऊ
मंगलबार, वैशाख १९, २०८०
रैनादेवी छहरामा रुखबाट लडेर एकको मृत्यु
सोमबार, वैशाख १८, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ छचुवामा काफलको रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । घर नजिकैको जंगलमा काफल टिप्न गएका छचुवाका १८ वर्षीय सूर्य कुमाल रुखबाट लडेर घाइते भएका थिए ।
दोस्रो त्रैमासिकसम्मको आर्थिक वृद्धिदर ऋणात्मक
सोमबार, वैशाख १८, २०८०
चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) वृद्धिदर ऋणात्मक देखिएको छ । चालू आवको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको नेपालले अर्धवार्षिक अवधिमा भने ऋणात्मक वृद्धिदर भोगेको हो ।
नेपाल र युएईको खेल आजका लागि स्थगित
सोमबार, वैशाख १८, २०८०
एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैं
सोमबार, वैशाख १८, २०८०
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
लुम्बिनी प्रदेशमा मन्त्रीका आकांक्षी धेरै
सोमबार, वैशाख १८, २०८०
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । सत्ता गठबन्धन दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पुगेका छन् । उनले मंगलबार विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
महिलालाई व्यावसायिक बनाउन बाख्रा उपहार
सोमबार, वैशाख १८, २०८०
तरकारी खेतीमा आवद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गरेकी हुन् ।
श्रमिकको सम्मान गरौं
सोमबार, वैशाख १८, २०८०
आज मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’को नाराले सार्थकता पाएको सम्झनामा हरेक वर्षको मे १ मा यो दिवस मनाउन थालिएको...
पाठ्यपुस्तक छपाइ सम्पन्न
आइतबार, वैशाख १७, २०८०
नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ ।
आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना
आइतबार, वैशाख १७, २०८०
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
१३ औं पाल्पा महोत्सव जारी, दिनप्रतिदिन दर्शकको उत्साह बढ्दै
आइतबार, वैशाख १७, २०८०
१३ औं पाल्पा महोत्सवमा दर्शकको दिनप्रतिदिन उत्साह बढ्दै गएको छ । वैशाख १४ गतेदेखि सुरु भएको महोत्सवमा २२ हजार बढी दर्शकले अवलोकन गरिसेका छन् । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको महोत्सवको तेस्रो दिन शनिबार परेकोले पनि दर्शकहरुको उल्लेख्य उपस्थिति रह्यो ।


