सुरक्षित गर्भपतन सेवा सबै महिलाहरुको पहुँचमा हुनुपर्नेमा जोड
मंगलबार, जेठ ३०, २०८०
होटल व्यवसायीको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानमा चासो
मंगलबार, जेठ ३०, २०८०
जिल्लाका होटल व्यवसायीहरुले रेसुङ्गा नगर सरकारले सञ्चालन गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियनमा चासो देखाएका छन् । उनीहरुले नगर सरकारले जेठ २१ गतेदेखि शुभारम्भ गरेको सो अभियानलाई सफल बनाउन प्रचार–प्रसार कार्यलाई तिव्रता दिने कुरामा चासो देखाएका हुन् ।
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गरौं
मंगलबार, जेठ ३०, २०८०
नेपाली युवाहरु विदेशीने क्रम बढ्दो छ । स्वदेशमा रोजगारका अवसरहरु नदेखेपछि युवाहरु परिवार पाल्नकै लागि विदेशीने गरेका हुन् । पछिल्लो समय त झन् अध्ययन गर्न भन्दै धेरै युवाहरु विदेशीएका छन् । मुलुकमा रोजगारका अवसर नपाएर विदेशीनु नेपालीको बाध्यता हो ।
प्यूठानमा कार दुर्घटना : आठको मृत्यु, सातजनाको सनाखत
सोमबार, जेठ २९, २०८०
प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै कार दुर्घटना भएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा भन्ने स्थानमा सोमबार दिउँसो लु १च ६३४५ नम्वरको कार दुर्घटना भएको हो ।
दुर्घटना हुँदा सो कारमा सवार आठ यात्रीहरूको मृत्यु भएको छ ।
पाल्पाको बगनासकालीमा लिची टिप्दा लडेर एक महिलाको मृत्युु
सोमबार, जेठ २९, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका –९ फक्टुङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । सोमबार फक्टुङकी ४५ वर्षीया धना खाँण आफ्नै घरको बारीमा रहेको लिची टिप्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन् ।
तानसेनमा ‘रक्तदान जीवनदानमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला हुँदै
सोमबार, जेठ २९, २०८०
तानसेनमा ‘रक्तदान जीवनदानमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगीता हुन लागेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र पाल्पाली संगम अमेरिका, ब्लड डोनर्स अफ अमेरिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
रूखबाट लडेर एक महिलाको मृत्यु
सोमबार, जेठ २९, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका –९ फक्टुङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
बालाजी सिमेन्टद्वारा भारतमा निर्यात सुरु
सोमबार, जेठ २९, २०८०
कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिजले आजदेखि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । कम्पनीले उत्पादन गरेको ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात सुरु गरेको हो ।
रामपुरका विद्यालय गर्मी बढेपछि बन्द
सोमबार, जेठ २९, २०८०
अत्याधिक गर्मी बढेपछि पाल्पाको रामपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थामा विदा दिएको छ । गर्मीका कारण विद्यालय सञ्चालनमा कठिनाइ भएकोले ५ दिन विदा दिइएको रामपुर नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
बालमैत्री नगर घोषणाको तयारीमा रामपुर : सूचकका बारेमा छलफल गर्दै
सोमबार, जेठ २९, २०८०
जिल्लाको रामपुर नगरपालिका बालमैत्री नगर घोषणाको तयारीमा जुटेको छ । उसले आगामी ३ वर्षभित्र नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी तयारीलाई तिव्रता बनाएको छ । नगरपालिकाले अहिले बालमैत्री घोषणाका लागि आवश्यक सूूचका बारेमा विभिन्न व्यक्ति, संघ संस्थाहरुसँग छलफल तथा अन्तक्र्रियालाई तिव्रता दिएको पाइन्छ ।
किसानको गुनासो : ‘फलफूलका बिरुवा बाहिरको भित्रिन्छ, जिल्लाकै बिक्दैन’
सोमबार, जेठ २९, २०८०
गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन् ।


