Shittalpati
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
अब वर्षा कमहुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा
अब वर्षा कमहुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । 
दुःख दिए बाँदर र बदेलले, धपाउन बारीमै बास
दुःख दिए बाँदर र बदेलले, धपाउन बारीमै बास बाली नालीलाई बाँदरले मात्र होइन बदेलले पनि सखाप पार्ने गरेको छ । जंगलनजिकै खेतीबारी हुने किसानहरु दिनभरि बाँदर धपाउँछन् भने राति बदेल ढुकेर बस्छन् । पछिल्लो समय पाल्पा र गुल्मीका अधिकांस ठाउँका किसान दिनरात नभनी खेतबारीमै बास बस्न बाध्य छन् ।
माछापुच्छ्रे बैंकले ल्यायो ‘ट्याप एण्ड पे’ सेवा
माछापुच्छ्रे बैंकले ल्यायो ‘ट्याप एण्ड पे’ सेवा माछापुच्छ्रे बैंकले अफलाइन ‘टप एण्ड पे’ सेवा सुरु गरेको छ । उसले ईएमभी स्ट्याण्डर्डमा आधारित टोकनाइज प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘टप एण्ड पे’ सेवा सुरु गरेको हो । टोकनाइजलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ ।
पर्यटन उठाउन ध्यान देऊ
पर्यटन उठाउन ध्यान देऊ मुलुकको आर्थिक मेरुदण्डका रुपमा पर्यटन व्यवसायीलाई लिने गरिन्छ, तर हिजोआज त्यहि व्यवसायी अत्यन्त कमजोर बनेको छ । कोरोना महामारीका बेलादेखि सुस्ताएको पर्यटन व्यवसायी अहिले केही उठे जस्तो गरे पनि खासै गति लिन सकिरहेको छैन । सरकारी तवरबाट समेत पर्यटन व्यवसायीलाई माथि उकास्ने काम हुन सकेको छैन ।
एमालेको अवरोधपछि संसद् स्थगित
एमालेको अवरोधपछि संसद् स्थगित लगातार बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी एमालेले सोमबार पनि संसद् अवरोध गरेको छ ।  एक क्विन्टल सुन तस्करीको छानविन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको एमालेले संसद् चल्न दिएन ।  एमालेको अवरोधपछि बैठक स्थगित गरिएको छ ।
तानसेन करुवा टोलमा ढलान गरिएको गोरेटो बाटोमा डोजर लगाइयो
तानसेन करुवा टोलमा ढलान गरिएको गोरेटो बाटोमा डोजर लगाइयो तानसेन नगरपालिका–६ करुवा टोलमा ढलान गरिएको गोरेटो बाटोको केही भाग डोजर लगाएर भत्काइएको छ । सडक ढलान गर्दा आफ्नो जमिन अतिक्रमण गरी बनाएको भन्दै स्थानीय कृष्ण राना मगरले केही भाग डोजरको प्रयोग गरी भत्काएका हुन् ।
भारी वर्षाका कारण २४ जनाको मृत्यु
भारी वर्षाका कारण २४ जनाको मृत्यु भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
बुटवलमा मिडिया सम्मेलन हुँदै
बुटवलमा मिडिया सम्मेलन हुँदै बुटवलमा राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले एक दिने मिडिया सम्मेलन गर्न लागेको हो । संघले प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरुको  संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्न भदौ १ गते सम्मेलन गर्न लागेको छ ।
वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।  कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह
वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह अविरल वर्षाका कारण पाल्पा, गुल्मीसहित अधिकांस जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण केही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका छन् भने तराई क्षेत्रमा डुवान भएको छ । निकास नहुँदा तानसेनका सडक भएर पानी बग्दा आवागमनमा अप्ठ्यारो भएको छ ।
स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै
स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै सन्धिखर्क नगरपालिका–१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सन्धिखर्कको कुडूले फाँट, वृति फाँटर सुक्मी फाँटका किसान अहिले परम्परागतखेती छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
Weather Update