१२ कक्षाको नतिजाले दिएको सन्देश
शनिबार, भदौ २, २०८०
इन्भेष्टमेन्ट मेगा बैंकले दिने भयो विद्युतीय स्कुटरमा सहुलियत कर्जा
शनिबार, भदौ २, २०८०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ले विद्युतीय स्कुटर खरिदमा सहुुलियत कर्जा दिने भएको छ । बैंकले चारपाङ्ग विद्युतीय सवारीसाधनलाई उपलब्ध गराउँदै आएको सहुलियत पूर्ण कर्जा विद्युतीय स्कुटरलाई पनि उपलब्ध गराउने भएको हो ।
साना करदातालाई सहुलियत, ठूलालाई कडाई
शनिबार, भदौ २, २०८०
सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ भने ठूला करदातालाई केही कडाइ गरेको छ । आन्तरिक राजस्व विभागले कर विवरण दाखिलाको समय परिवर्तन गर्दै साना करदातालाई सहुलियत र ठूलालाई केही कडाइ गरेको हो ।
कम्प्युटर इन्जिनियर व्यावसायिक बाख्रापालनमा
शनिबार, भदौ २, २०८०
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गरेका छन् । भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गरेका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् ।
बढ्यो ‘रेमिट्यान्स’ : खुसी हुने कि दुःखी ?
शनिबार, भदौ २, २०८०
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवकोे तुलनामा २१ दशमलव दुई प्रतिशतले बढी हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले बढेको थियो ।
अब श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत
शुक्रबार, भदौ १, २०८०
सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरे ।
फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ
शुक्रबार, भदौ १, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
संघीयताप्रति वितृष्णा
शुक्रबार, भदौ १, २०८०
पछिल्लो समय राजनीतिक दल र सरकारका गतिविधिबाट जनता आजित भएका छन् । न सरकार जनताप्रति संवेदनशिल बनेको छ त नत राजनीतिक दलहरु नै । आ–आफ्ना स्वार्थका लागि उनीहरु एक आपसमा लडिरहेका छन् । जसको मारमा आम नागरिक पर्ने गरेका छन् ।
भद्रगोल बालसुधार गृह
शुक्रबार, भदौ १, २०८०
बालबालिकाले गरेका कानुन विपरीत कार्यमा बालमैत्री तरिकाले अनुसन्धान तथा कानुन बमोजिम सजाय दिनुपर्ने त्यस्ता गतिविधिमा अन्य कसुरदारलाई राखिने स्थलभन्दा फरक स्थानमा राखी आचरण सुधार गर्ने र आधारभूत अधिकार प्रत्याभूबालबालिकाले गरेका कानुन विपरीत कार्यमा बालमैत्री तरिकाले अनुसन्धान तथा कानुन बमोजिम सजाय दिनुपर्ने त्यस्ता गतिविधिमा अन्य कसुरदारलाई राखिने स्थलभन्दा फरक स्थानमा राखी...
बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर
बिहीबार, साउन ३२, २०८०
वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । उनीहरुले भदौ महिनाको लागि नयाँ व्याजदर सार्वजनिक गरेका हुन् । अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ भने केहीको घटेको छ । केही बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
अझै केही दिन वर्षाको सम्भावना
बिहीबार, साउन ३२, २०८०
अझै केही दिन वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा
बिहीबार, साउन ३२, २०८०
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । पहिलोचरण आगामी भदौ १–१५, दोस्रो चरण भदौ १६–२५ र तेस्रो चरण भदौ २६ देखि मङ्सिर १५ मा विभिन्न कार्यक्रम आयोजना हुने लुम्बिनी प्रदेश कमिटिको बैठकले निर्णय गरेको छ ।

