संसद्लाई बन्धक नबनाऊ
सोमबार, साउन २९, २०८०
बस र कार ठोक्किँदा एकै परिवारका सातको मृत्यु
आइतबार, साउन २८, २०८०
राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए ।
रिब्दीकोट गाउँपालिकाले घरमै पुगेर दियो आपाङ्गतालाई ह्विल चेयर
आइतबार, साउन २८, २०८०
जिल्लाको रिब्दीकोट गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई घरमै ह्विल चेयर दिएको छ । पालिकाले कुसुमखोला देविडाँडाका मोतीबहादुर लम्तरीलाई घरमै पुगेर ह्विल चेयर दिएको हो ।
सात बालबालिकाको भारतबाट उद्धार
आइतबार, साउन २८, २०८०
नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ । विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो ।
एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही
आइतबार, साउन २८, २०८०
,नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाको अध्यक्षमा अशोककुमार शाही चयन भएका छन् । पार्टी सचिवालयको विस्तारित बैठकले यस अघि रिक्त रहेको अध्यक्ष पदमा शाहीलाई चयन गरेको हो ।
अविरल वर्षाले हवाई उडान प्रभावित
आइतबार, साउन २८, २०८०
गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।
आज दश अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
आइतबार, साउन २८, २०८०
आज आन्तरिक ऋण उठाउने प्रयोजनका लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री हुन लागेको छ । विकास ऋणपत्र २०८८ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ८ वर्ष रहेको छ । उक्त विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत ऋण उठाइदिन...
रैनादेवी गाउँ सरकारको आम्दानीमा सुधार, एक वर्षमा एक करोड
आइतबार, साउन २८, २०८०
अधिकास स्थानीय सरकारहरुको आन्तरिक आम्दानी कमजोर बन्दै गएका बेला पाल्पाको रैनादेवी छहरा गाउँ सरकारले भने केही सुधार गरेको छ । उसले गत वर्षहरुको तुलनामा आन्तरिक आम्दानीलाई सुधार गर्दै गएको देखिन्छ ।
गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क
आइतबार, साउन २८, २०८०
बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ (भिडियो एक्सरे) सेवा निःशुल्क सुरु गरेको छ । बुटवल उपमहानगरपालिका–९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा गरेका हुन् ।
वर्षा भइरहेको छ, सतर्क रहौं
आइतबार, साउन २८, २०८०
केही दिनदेखि देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुुई दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पाल्पामा पनि मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस
शनिबार, साउन २७, २०८०
अन्तर्राष्ट्रिय युवा दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ : नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराका साथ शनिबार दिवस मनाइएको हो । दिवसका अवसरमा नेपाल परिवार नियोजन संघ पाल्पा र रोट्रयाक्ट क्लव अफ पाल्पाको संयुक्त आयोजनामा उत्कृष्ट युवा सम्मान तथा...
पचभैया फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित
शनिबार, साउन २७, २०८०
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त) पुरस्कारबाट पाल्पाका क्रियाशिल पत्रकार देव पचभैया सम्मानित भएका छन् ।
अझै केही दिन वर्षा हुने
शनिबार, साउन २७, २०८०
वर्षा अझै दिनसम्म रहने जनाइएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेकाले आगामी सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

