आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै
मंगलबार, भदौ ५, २०८०
ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन
मंगलबार, भदौ ५, २०८०
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिए ।
पाल्पामा पनि फैलियो आँखा पाक्ने प्रकोप
मंगलबार, भदौ ५, २०८०
केही दिनयता पाल्पासहित देशका अधिकांश जिल्लाहरुमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा यो रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । प्रायः गर्मी मौसममा बढी फैलिने यो रोगबाट युवायुवती र बालबालिका बढी संक्रमित भएका छन् ।
मनाइयो नागपञ्चमी पर्व
मंगलबार, भदौ ५, २०८०
नागपञ्चमी पर्व सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाउने गरिन्छ । साउनमा अधिकमास परेका कारण यो वर्षको नागपञ्चमी सौरमास अनुसार भदौमा परेको हो ।
रैनादेवी छहराको बेलवासमा अस्थायी प्रहरी चौकी
मंगलबार, भदौ ५, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङ्गगढीको बेलवासमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकीको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।
जनताका मुद्दा ओझेलमा नपार
मंगलबार, भदौ ५, २०८०
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउनको १० गतेदेखि संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध पार्दै आएको छ । संसद् सुचारु गर्न सत्तापक्ष अग्रसर हुनुपर्ने हो तर त्यो देखिँदैन । एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिरेको एक क्विन्टल सुन प्रकरणका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध पार्दै...
पाल्पाको माथागढीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, पाँच घाइते
सोमबार, भदौ ४, २०८०
जिल्लाको माथागढी गाउँपालिका –२ सपाङ्दीस्थित बाँसटारी–झडेवा भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको छ । झडेवाबाट रुप्सेतर्फ आउँदै गरेको लु ४ त ६६३२ नम्बरको ग्याबिङ जाली बोकेको ट्याक्टर आज साँझ दुर्घटना भएको हो ।
भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ
सोमबार, भदौ ४, २०८०
भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ ।
सवारी दुर्घटनामा दुईको मृत्यु
सोमबार, भदौ ४, २०८०
रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।
बरामद सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत
सोमबार, भदौ ४, २०८०
तस्करहरुले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए ।
बगनासकाली गिट्टी–बालुवा प्रकरण : प्रहरीले यातना दिएको स्थानीयको आरोप
सोमबार, भदौ ४, २०८०
जिल्लाको बगनासकाली गाउँपालिकामा भएको अवैध गिट्टी–बालुवा प्रकरणमा स्थानीयहरुले रोयल्टी तिरेर ल्याएको बताउँदै आए पनि प्रहरीको निगरानीमा जवरजस्ती कागज गराउन खोजेको पीडित स्थानीयको गुनासो छ ।
दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी
सोमबार, भदौ ४, २०८०
तानसेनका केही किराना पसलका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुमा मनपरी गर्ने गरेको पाइएको छ । बजार अनुगमन नियमित नहुँदा व्यापारीले बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य मनपरी लिने र म्याद गुज्रिएका खाद्यान्न विक्रि गर्ने गरेका छन् । आइतबार तानसेन बजारका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा समेत व्यापारीहरुले उपभोग्य वस्तुमा मनपरी गर्ने गरेको...
नागको पूजा गरी आज नाग पञ्चमी मनाइँदै
सोमबार, भदौ ४, २०८०
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नाग पञ्चमी आज मनाइँदै छ । परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास...


