Shittalpati
‘मजबुरी’

✍️ बिमला पान्डे 

हत्यारा हुँ..
म आफ्नै मनको,
जहाँ पिडाहरूको बादल बनि मडारिरहेछन् ।
कति वेला आँखाको बोझ बनि टिलपिलाउछन् आँसुहरू,
जहाँ हेर्दैछु त्यहाँ पुग्ने आट छैन् जहाँ छु त्यो मेरो सोचाई हैन।
म आफैं म हैन पहिला जस्तो थिए अहिले म छैनँ तर म बद्लिएको छैनँ।

हत्यारा हु...
म आफ्नै सोचको,
मनले हार्दैंछ सोचले भित्रभित्र मार्दैं छ।
लुटेका छन् कयौँ रातका निद्राहरू,
टाढिए सम्बन्ध साथहरू छुट्दै छन् ।
न कसैको खास न केँही कुराको आश,
तल पार्ने गिराउने हराउने पनि आफ्नै छन्

हत्यारा हुँ...
म आफ्नै सपनाको,
देखेर मन भित्र  विलिन हुदै छन् ।
म पुरा भएन भनि विलाप गरी रूदैं छन्
देखेका सपना पुरा हुदैनन् अहिले,
सपनाभन्दा अघि जिम्मेवारीको लर्को आउन्छ् जहिले साकार हुने हो कहिले,
तिमी आफैं आफ्नो तागत बन्नु नसुनाउनु कमजोरीहरू बन्न सक्छौं मजाकको पात्र, थोरै भाग्यसँग नजीक हुनु साथ दियो भने मात्र !

 

प्रकाशित मिति: आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update