भ्रष्टका दिन अन्त्य नहुने नै हो ?
मंगलबार, भदौ २६, २०८०
बीपी विचार प्रेरणादायी
मंगलबार, भदौ २६, २०८०
बीपी कोइराला राजनेता हुन् भन्नेमा नेपाली काँग्रेस मात्र होइन, उनलाई बुझेका, संगत गरेका र पढेका कम्युनिस्ट नेताहरूसमेत सहमत छन् । यस्ता उच्च कोटिका नेताको सम्झना काँग्रेसले यस पटक विशेष ढंगले गरेको छ ।
सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी
मंगलबार, भदौ २६, २०८०
सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ ।
लुम्बिनी निजामती सेवा विधेयकप्रति बन प्राविधिकहरुको आपत्ति, नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी
सोमबार, भदौ २५, २०८०
लुम्बिनी प्रदेश सरकाले हालै ल्याएको निजामती सेवा विधेयकको विरोधमा उत्रेको जुनियर वन प्राविधिक संघ नेपाल पाल्पाले ५ बुँदे माग सार्वजनिक गर्दै विधेयक नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
बरजु गुठी पाल्पामा नयाँ नेतृत्व
सोमबार, भदौ २५, २०८०
बरजु गुठी पाल्पाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । गुठीको तानसेनमा भएको अधिवेशनले २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
सोमबार, भदौ २५, २०८०
बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
स्क्रब टाइफसबाट एक महिलाको मृत्यु
सोमबार, भदौ २५, २०८०
जिल्ल्लामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
ठगी गर्ने तीन जना पक्राउ
सोमबार, भदौ २५, २०८०
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
सोमबार, भदौ २५, २०८०
पाल्पाबाट अवैध रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
बीपीको सम्झना
सोमबार, भदौ २५, २०८०
नेपालको राजनीतिक इतिहासका एक चर्चित पात्र बीपी कोइरालालाई वर्षमा तीन पटक विशेष स्मरण गर्ने गरिन्छ । खासगरी बीपीले स्थापना गरेको दल नेपाली काँग्रेसले बीपीको जन्मजयन्ती, स्मृति दिवस र मेलमिलाप दिवसलाई औपचारिक तवरमा मनाउँदै आएको छ ।
अन्त्य गर प्रतिशोधको राजनीति
सोमबार, भदौ २५, २०८०
नेपालमा दलहरुबिच प्रतिशोधको राजनीतिले देश र जनताले दुःख मात्र पाएका छन् । अहिलेको अवस्थामा सहमति र सहकार्यका साथ दलहरु अगाडि बढ्नुपर्ने आवश्यकता रहेका बेला दलहरूबीच एक आपसमा प्रतिशोधको राजनीति गर्दा आमनागरिकले दुःख मात्र पाएका छैन, देश अस्थिरताको भुमरीमा समेत परेको छ ।
गौं हत्याको विरोधमा तानसेनमा सद्भाव र्याली
आइतबार, भदौ २४, २०८०
धरानमा भएको गौं वंश हत्याको विरोधमा हिन्दुवादी संघ संस्थाको आयोजनामा आइतबार तानसेनमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको छ ।
काँग्रेस नेता यादवमाथि खुकुरी प्रहार प्रकरण : पाल्पा तरुण दलले भन्यो‘ खुकुरी प्रहार गर्नेलाई तुरुन्तै कारवाही गर’
आइतबार, भदौ २४, २०८०
सत्तारूढ दल नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि केही दिन अघि भएको सांघातिक आक्रमणको विषयलाई लिएर नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल पाल्पाले सरकारको ध्यानाकर्षण गराएको छ ।


