शनिबार तानसेन खानेपानीको विशेष साधारण सभा हुँदै
शुक्रबार, भदौ २९, २०८०
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
शुक्रबार, भदौ २९, २०८०
केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक–पटक ह्वाट्सएपबाट माग गरे ।
तिजलाई सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाऔं : सभापति श्रेष्ठ
शुक्रबार, भदौ २९, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले तिज पर्वलाई सामाजिक सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस पाल्पा–रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले तिज पर्वलाई सामाजिक सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाउनुपर्ने बताएका हुन् ।
वेद माविको समिति गठनमा विवाद
शुक्रबार, भदौ २९, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित ढावखोलमा रहेको वेद माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन विवादमा परेको छ । अभिभावक भेलाबाट निर्वाचित भएका र मनोनित सदस्यको उपस्थितिबिनै नयाँ समिति गठन गरिएपछि विवाद भएको हो ।
बङ्गुरपालन व्यवसाय संकटमा
शुक्रबार, भदौ २९, २०८०
स्याङ्जाको वालिङ नगरपालिका–१३, का श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो । वैदेशिक रोजगारमा छ वर्ष बिताएर फर्किएका उनले झलुङ्गे बजार स्थित अर्चलेमा तीन रोपनी जग्गा भाडामा लिएर केबी एस बङ्गुर फार्म दर्ता गरी व्यावसाय सुरु गरेका थिए ।
आज राष्ट्रिय बाल दिवस मनाइँदै
शुक्रबार, भदौ २९, २०८०
आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी ५९ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गर्दै छन् ।
बालदिवसको सन्दर्भ
शुक्रबार, भदौ २९, २०८०
हरेक वर्ष भदौं २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । यस वर्ष पनि आज विभिन्न कार्यक्रमहरु गरी दिवस मनाउन लागिएको छ । बालबालिकाहरुको नाममा मनाइने दिवसलाई बाल दिवस भनिन्छ । बाल दिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो ।
रात्रि बस दुर्घटना २० घाइते
बिहीबार, भदौ २८, २०८०
तानसेनमा बिहीबार बेलुकी भएको रात्रि बस दुर्घटनामा कम्तीमा २० जना घाइते भएका छन् । पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना भएको हो ।
सर्पले डसेर दुई महिनामा छ जनाको मृत्यु
बिहीबार, भदौ २८, २०८०
दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए ।
संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि
बिहीबार, भदौ २८, २०८०
दिवङ्गत संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टिका गरिएको छ । उनका छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले तोपसहित सलामी अर्पण गरेको थियो ।
भाइरल भयो वडा अध्यक्षको अश्लिल भिडियो
बिहीबार, भदौ २८, २०८०
जिल्लाको सत्यवती गाउँपालिका–१ का वडाअध्यक्ष यति बेला समाजिक सञ्चालनमा भाइरल बनेका छन् । उनले सामाजिक सञ्जालमा अस्लिल र निर्लजता प्रर्दशन गरको भिडियो सार्वजनिक भएपछि भाईरल भएका हुुन् ।
बुवाको मुहारमा खुसी हेर्ने दिन
बिहीबार, भदौ २८, २०८०
पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ ।
बुबाप्रति सम्मान
बिहीबार, भदौ २८, २०८०
कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गरिन्छ । आजको दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र बाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने...


