Shittalpati
चार करोड ५६ लाखमा बन्यो इलाका प्रशासनको भवन 
चार करोड ५६ लाखमा बन्यो इलाका प्रशासनको भवन  भाडाको घरबाट सेवा दिँदै आएको इलाका प्रशासन कार्यालय रामपुरले अहिले आफ्नै भवनबाट सेवा दिन थालेको छ । कार्यालयको सुविधासम्पन्न भवन निर्माण भएपछि नवनिर्मित भवनबाट सेवा सञ्चालन गरिएको छ । रामपुर नगरपालिका–५ स्थित बेझाड बजार (बजारदेखि माथिको भागमा अवस्थित) मा आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवनसँगै पाले घर, चमेनागृह तथा...
घाँसे मैदानमा परिणत ‘वीरेन्द्र फुलबारी’
घाँसे मैदानमा परिणत ‘वीरेन्द्र फुलबारी’ जिल्लाको तानसेनस्थित टुँडिखेल पुग्ने जो कोही नजिकै रहेको ऐतिहासिक ‘वीरेन्द्र फुलबारी’ पुगेर क्यामरामा फोटो कैद नगरी फर्कने सायद कमै होलान । त्यहाँ रहेको सानो पानीको पोखरी, त्यहीमाथि दौरा, सुरुवाल, कालो कोट, शिरमा पाल्पाली ढाका टोपीले सजिएका तत्कालीन राजा वीरेन्द्रको पूर्णकदको शालिक, पानीको वरीपरी सदावहार सुगन्ध छर्ने गुलाफका फुललाई साक्षी राखेर...
बढ्दो बेरोजगारीको चिन्ता
बढ्दो बेरोजगारीको चिन्ता मुलुकमा बेरोजगारीको अवस्था बढ्दो छ । धेरै युवा शक्ति बेरोजगार भएर बस्नु परेको अवस्था छ । बेरोजगारी समस्या हाम्रो मुलुकका लागि एउटा चुनौतीपूर्ण समस्याका रूपमा रहेको छ । आर्थिक दृष्टिले बेरोजगारी भन्नु काम गर्ने इच्छा र योग्यता भएर पनि कुनै पनि काम नभएर त्यसै बस्नु हो ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
तानसेनका विपन्न उपभोक्तालाई विद्युत महसुलमा छुट
तानसेनका विपन्न उपभोक्तालाई विद्युत महसुलमा छुट जिल्लाको तानसेन नगरपालिका भित्रका विपन्न उपभोक्ताहरुले न्युनतम विद्युत् महशुलमा छुट पाउने भएका छन् । ५ एम्पियर स्वीकृत क्षमता भएका र २० युनिटसम्म विद्युत खपत गर्ने  गराउने २ हजार २ सय २६ विपन्न उपभोक्ताको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको हो ।
सुनको मूल्य तोलामा नौ सयले घट्यो
सुनको मूल्य तोलामा नौ सयले घट्यो स्थानीय बजारमा सुनको मूल्य आज तोलामा नौ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४९ हजार छ सय निर्धारण भएको छ । 
नेतृत्व नै सामन्ती भएपछि...
नेतृत्व नै सामन्ती भएपछि... यतिखेर मुख्य दुई ठूला दलहरुको एकै ठाउँमा छन् । काँग्रेस र एमालेको नेतृत्वमा अहिले सरकार चलिरहेको छ । दुई दलको मिलेमतोमा सरकार बने पनि आमजनता भने सरकारप्रति उत्साहित छैनन् । जनता मात्र नभई त्यही दलका कार्यकर्ता समेत खुसी छैनन् । पहिलो त लुम्बिनी सरकारको विषयमा नेकपा एमाले भित्र खलबल भयो ...
शिक्षा र स्वास्थ्यका बारेमा बेलायती प्रतिनिधिसँग छलफल
शिक्षा र स्वास्थ्यका बारेमा बेलायती प्रतिनिधिसँग छलफल शिक्षा र स्वास्थ्यका विषयमा बेलायती प्रतिनिधिसँग छलफल भएको छ । बुटवल उपमहानगरपालिका, बेलायती सरकारको राष्ट्रिय स्वास्थ्य प्रणाली र बेलायती राजदुतावासको प्रतिनिधिबीच बुटवलको शिक्षा र स्वास्थ्यका बारेमा बुटवल उपमहानगरपालिकामा छलफल भएको हो ।
दुधको गुणस्तर सुधारबारे छलफल
दुधको गुणस्तर सुधारबारे छलफल बुटवलमा गुणस्तरहिन दूध विक्री हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले व्यवसायीसँग छलफल गरेको छ । उसले गुणस्तरीय दूध विक्री गर्न व्यवसायीसँग छलफल गरेको हो ।
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णाेद्धार गरिएको हो ।
Weather Update