भैरवस्थान मन्दिरमा सञ्चालित एकादशी महात्म्य कथासँगै रुद्री र वेद पाठ सकियो
बुधबार, साउन १६, २०८१
आम्दा अस्पताललाई मेडिकल कलेज बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय सभामा लैजादै
बुधबार, साउन १६, २०८१
बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय सभामा लैजाने तयारी भएको छ । आम्दालाई मेडिकल कलेज बनाउनका लागि इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तर्राष्ट्रिय सभामा प्रस्ताव लगिने भएको हो ।
बढ्यो नेप्से
बुधबार, साउन १६, २०८१
शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । बुधबार एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो ।
लुम्बिनीमा प्रदेश प्रमुख फेरिएको फेरियै
बुधबार, साउन १६, २०८१
राजनीतिक भागबण्डामा नियुक्त गर्ने र सत्तासमीकरणमा तलमाथि हुने बित्तिकै पहिलो प्रहार प्रदेश प्रमुखमाथि हुने गरेको छ । केन्द्र सरकारको मनलाग्दीले प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीको खेलले प्रदेश प्रमुख पदकै गरिमा, महत्व र ओजन घट्दै गएको छ ।
गुल्मीमा गँड्यौली मलको व्यावसायिक उत्पादन सुरु
बुधबार, साउन १६, २०८१
जिल्लामा व्यावसायिक रुपमा गँड्यौली मलको उत्पादन सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लाको इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्राङ्गारिक खेतीका लागि उक्त मलको उत्पादन सुरु गरिएको हो ।
रुरु क्षेत्रको धार्मिक र ऐतिहासिक महत्व
बुधबार, साउन १६, २०८१
गुल्मी एक अनुपम प्राकृतिक छटा र धरोहरले भरिपूर्ण जिल्ला हो । यसलाई विभिन्न ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक धरोहरको बाहुल्य जमाएको जिल्ला मध्येको रूपमा लिइन्छ । इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न वंशहरूका ऋषिमुनिहरू विभिन्न टाकुरा र थुम्काहरूमा ऋषिमहर्षिको आश्रम र देवताहरूको बाँस रहेको यस ठाउँमा ऐतिहासिक कला, कौशल विविध सांस्कृतिक रहनसहन...
अस्वाभाविक महँगी नियन्त्रण गर
बुधबार, साउन १६, २०८१
यति बेला नेपाली बजारमा उपभोग्य वस्तुमा अनियन्त्रित रुपमा मूल्य वृद्धि भएको छ । मुलुकमा मूल्यवृद्धि हुनलाई कुनै चाडपर्व कुर्न पर्दैन । राजनीतिक अस्थिरता देखिए मात्र पनि बजार भाउ ह्वात्तै बढिहाल्छ । त्यसको मारमा भने आम उपभोक्ता पर्दछन् ।
तानसेनमा सुनका गहना ठगी गर्ने चार जना पक्राउ
मंगलबार, साउन १५, २०८१
सर्वसाधारणलाई ललाईफकाई गरी विभिन्न प्रलोभनमा पारी सुनका गहना ठग्दै हिँड्ने चार जना पक्राउ परेका छन् । तानसेनका विभिन्न स्थानमा पुगेर नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
ट्रकको ठक्करबाट एकको मृत्यु
मंगलबार, साउन १५, २०८१
दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्युु भएको छ । मंगलबार पश्चिमबाट पूर्वतर्फ गइहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही– भालुवाङ सडक खण्डको भालुवाङमा ठक्कर दिँदा एक जना व्यवसायीको मृत्युु भएको हो ।
खिर खाएर मनाइयो साउने पन्ध्र
मंगलबार, साउन १५, २०८१
यस वर्षको साउन पन्ध्र पाल्पासहित देशैभर घर–घरमा खिर खाएर मनाइएको छ । नेपाली समाजमा परापूर्वकालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन पन्ध्र मंगलबार घर–घरमा खिर खाएर मनाइएको हो ।
प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित
मंगलबार, साउन १५, २०८१
प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैंठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराएका हुन् ।
नेप्से दोहोरो अंकले बढ्यो
मंगलबार, साउन १५, २०८१
साताको सेयर कारोबारको तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार २० अंकले करेक्सन आएको बजारमा मंगलबार ३५ दशमलव ५५ अंकले बढेर परिसूचक २ हजार ६ सय ९६ दशमलव ६५ विन्दुमा पुगेको हो ।


