नवजनचेतना राष्ट्रिय दैनिक २०८१ साउन २२ गते मंगलबार
मंगलबार, साउन २२, २०८१
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५० हजार
सोमबार, साउन २१, २०८१
सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन सोमबार तोलाको ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा २१ अर्ब ८६ करोडको कारोबार
सोमबार, साउन २१, २०८१
यो साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो ।
भोलिदेखि मनसुन पुन : सक्रिय हुँदै
सोमबार, साउन २१, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण गर्न सहकार्य
सोमबार, साउन २१, २०८१
बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ । लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्नेको खाँचो छलफलका सहभागीले औँल्याएका थिए ।
टुँडिखेल सुधार योजना अलपत्र, पाँच वर्ष पुुग्दा पनि पाएन पूर्णता
सोमबार, साउन २१, २०८१
जिल्लाको तानसेन नगरपालिकाले पाँच वर्ष अघि सञ्चालन गरेको टुँडिखेल सुधार योजना अहिले अलपत्र परेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारसहित जेष्ठ नागरिकमैत्री र बाल उद्यान बनाउने उद्देश्यका साथ काम अगाडि बढाए पनि पुरा नहुँदै अलपत्र परेको हो ।
बुटवल–नारायणगढ सडक कात्तिक १५ पछि सुरु हुने
सोमबार, साउन २१, २०८१
नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।
कक्षा १२ को नतिजा सुधारमा गम्भीर बन
सोमबार, साउन २१, २०८१
यसपालि १२ कक्षाको नतिजामा ४७ प्रतिशत बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् र ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थीमात्रै सफल भएका छन् र यति धेरै विद्यार्थी फेल हुनुमा नतिजा प्रणालीमा समस्या हो कि शैक्षिक गुणस्तरको दोष हो ?
टिपरको ठक्करबाट मृत्यु : आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध
आइतबार, साउन २०, २०८१
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको छ ।
वालिङमा बसाइँसरी आउनेको तुलनामा जाने तेब्बर
आइतबार, साउन २०, २०८१
पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार यहाँको वालिङमा बसाइँ सरी आउनेको तुलनामा जाने तेब्बर देखिएका छन् । व्यक्तिगत घटना दर्ता प्रतिवदेनअनुसार वालिङमा पछिल्ला दुई आवमा एकहजार चार सय १७ जना बसाइँ सरेर गएका छन् भने चार सय ८१ जना बसाइँ सरी आएका छन् ।
ताराले जन्मदिनमा आश्रममा पुगेर गराइन् असहायलाई भोजन
आइतबार, साउन २०, २०८१
पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने नाममा जथाभावी फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएका बेला पाल्पामा भने एक युवतीले जन्मदिनमा असहायलाई भोजन गराएकी छन् । गुल्मीको मुसिकोट नगरपालिका– ३ धरम्पानीका शिवबहादुर कार्की र कमला कार्कीको सुपुत्री हाल कुमारी बैंक पाल्पा शाखामा कार्यरत तारा कार्कीले आफ्नो २८...
विडम्बना
आइतबार, साउन २०, २०८१
सपनाको पछाडी भाग्दै गर्दा,सफलताको आशा
निरन्तर संघर्ष र प्रयास छ रहुन्जेल सास ।


