पूर्वखोलाको नीति तथा कार्यक्रम : कृषि र पशुुपालन प्राथमिकतामा
सोमबार, असार १०, २०८१
नगरलाई ‘हरित सहर’ घोषणा गरी ‘हिल स्टेसन’ निर्माण गरिने
सोमबार, असार १०, २०८१
जिल्लाको रेसुङ्गा नगरपालिकाले नगरलाई ‘हरित सहर’ घोषणा गरी हिल स्टेसन निर्माण गर्ने भएको छ । नगर सरकारले आर्थिक वर्ष २०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरी दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको हो ।
बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९९ करोडको बजेट
सोमबार, असार १०, २०८१
बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा आगामी आर्थिक वर्षको लागि उक्त रकमको बजेट ल्याएकी हुन् ।
गाई तस्करी रोकौं
सोमबार, असार १०, २०८१
नेपालमा भारतीय सीमा क्षेत्रको प्रयोग गरेर गाई गोरुको अवैध तस्करी बढेको छ । विशेष गरेर यो तस्करीमा प्रहरी समेतको संलग्नता भएको आशंका गरिएको छ ।
गुल्मेली समाज जापानद्वारा अग्निपीडितलाई सहयोग
आइतबार, असार ९, २०८१
गुल्मेली समाज जापानले गुल्मीका ७० अग्निपीडित परिवारलाई रु सात लाख आर्थिक सहयोग गरेको छ । गत वैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई रु १० हजारका दरले सहयोग गरिएको हो ।
रेसुङ्गा नगरलाई हरित सहर घोषणा गरिने
आइतबार, असार ९, २०८१
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले ‘हरित सहर’ घोषणा गर्ने भएको छ । आर्थिक वर्ष ०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरेर दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
आइतबार, असार ९, २०८१
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक पाँच दशमलव ३७ अंकले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो ।
लुम्बिनी प्रदेशको बजेटप्रति चौतर्फी आलोचना
आइतबार, असार ९, २०८१
आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको चौतर्फी आलोचना भएको छ । पहुँच र प्रभावका आधारमा मनपरी बजेट बाँडेको, बजेट कृषि र पर्यटन क्षेत्र विरोधी भएको विचौलियाका माध्ययमबाट योजना विनियोजन भएको भन्दै चर्को आलोचना भएको हो ।
आज विश्व एकल महिला दिवस
आइतबार, असार ९, २०८१
आज १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ । दिवसका अवसरमा देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ ।
एकल महिला दिवसको सार्थकता
आइतबार, असार ९, २०८१
नेपालसहित विश्वभर आज १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन लागिएको हो ।
नेपाल टेलिकमले दियो बालबालिकालाई झोला
शनिबार, असार ८, २०८१
नेपाल टेलिकमले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई झोला दिएको छ । टेलिकम प्रादेशिक कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बालबालिकाहरुलाई झोला दिएको हो ।


