यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन, सेवाग्राहीको गुनासो प्राथमिकतामा
शुक्रबार, भदौ १४, २०८१
बाटो कुर्दै आफन्त, अझै भेटिएनन् बेपत्ता पारिएका
शुक्रबार, भदौ १४, २०८१
गुल्मीको चोर काटेकी ६५ वर्षीया सीता थापा (नाम परिवर्तन)ले छोराको पर्खाइमा थुुप्रै वर्ष विताईन् । सशस्त्र द्वन्द्वको बेलामा २१ वर्षीय पूरन बहादुर थापा बेपत्ता पारिएका थिए ।
तानसेनका उपभोक्तालाई खानेपानी महसुुलमा छुट दिन सत्तारुढ दलको माग
शुक्रबार, भदौ १४, २०८१
तानसेनका उपभोक्ताहरुबाट खानेपानी महसुल दर बढी भएको गुनासो आएपछि सत्तारुढ दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले तानसेन नगर समितिले उपभोक्ता समिति समक्ष महसुलमा छुट दिन माग गरेका छन् ।
आज विश्व बेपत्ता विरुद्धको दिवस मनाइँदै
शुक्रबार, भदौ १४, २०८१
आज विश्व बेपत्ता दिवस मनाइदैं छ । ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक बर्षको अगस्त ३० तारिखमा विश्वभर संयूक्त राष्ट्रसंघ र एम्नेस्टी इन्टरनेशनलले आफ्नो सक्रिय भूमिका जनाउँदै बेपत्ता व्यक्तिहरुको सम्झनामा दिवस मनाउँदछन् ।
बेपत्ता विरुद्ध दिवसको सार्थकता
शुक्रबार, भदौ १४, २०८१
आज ३० अगस्ट अर्थात् विश्व बेपत्ता विरुद्धको दिवस नेपालसहित विश्वभर मनाइँदै छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा हरेक बर्ष आजकै यो दिवस मनाउने गरिन्छ । पहिलो पटक सन् १९८१ को जूनमा ल्याटिन अमेरिकी देश कोस्टारिकामा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा यो दिवस मनाएकोे इतिहास छ ।
काँग्रेस पाल्पाका पूर्व सभापति विप्रको निधन, देउवाद्वारा दुःख व्यक्त
बिहीबार, भदौ १३, २०८१
नेपाली काँग्रेस पाल्पाका पूूर्व सभापती ठाकुर चन्द्र (विप्र) कोइरालाको निधन भएको छ । प्रजातन्त्र सेनानी एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा विप्रको ८५ वर्षको उमेरमा विहीबार निधन भएको हो ।
राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण
बिहीबार, भदौ १३, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।
नेप्से परिसूचक ओरालो यात्रामा
बिहीबार, भदौ १३, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ मा ओर्लेको छ ।
पाल्पामा लागु औषधसहित एक जना पक्राउ
बिहीबार, भदौ १३, २०८१
जिल्लामा लागुु औषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दीस्थित सिद्दार्थ राजमार्गबाट लागुु औषधुसहित एक जनालाई पक्राउ गरेको हो ।
बस दुर्घटनामा दुईजनाको मृत्यु, २७ घाइते
बिहीबार, भदौ १३, २०८१
बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
आजको मौसम : कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
बिहीबार, भदौ १३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ...
जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने
बिहीबार, भदौ १३, २०८१
जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति ९जेडिएस० परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब रु ४२ करोड ३० लाख ९४५ करोड ४० लाख जापानी येन० बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।


