तरुण दल कालीगण्डकीको सभापतिमा श्रेष्ठ
आइतबार, साउन १४, २०८०

गुल्मीमा पहिरोले च्याप्दा चार महिला घाइते
आइतबार, साउन १४, २०८०
जिल्लाको सत्यवती गाउँपालिका–२ चेहमीमा पहिरोले च्याप्दा चार जना महिला घाइते भएका छन् । सिँचाई कुलो सफा गर्ने क्रममा एक्कासी माथिबाट खसेको पहिरोले च्यापेर चार महिला घाइते भएका हुन् ।
1690699519.jpg)
अवरुद्ध बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा
आइतबार, साउन १४, २०८०
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डस्थित सिद्धबाबा क्षेत्रमा पहिरो खसेर अवरुद्ध बनेको सडक एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि आइतबार दिउँसोदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

कोरियन भाषा परीक्षाका लागि आवेदन माग
आइतबार, साउन १४, २०८०
वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए ।
1690699519.jpg)
सिद्धबाबा क्षेत्रमा पहिरो : बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध
आइतबार, साउन १४, २०८०
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डस्थित सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । निर्माणधीन सुरूङमार्गको नजिकै पहिरो खसेको हो । सिद्धबाबा क्षेत्रमा बन्दै गरेको सुरुङमार्ग र त्यस आसपासका क्षेत्रमा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

आज मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै
आइतबार, साउन १४, २०८०
मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘हरेक पीडितसँग पुगौँ, कसैलाई न्यायबाट बञ्चित नपारौँ’ भन्ने नारासहित यस वर्षको दिवस मनाउन लागिएको हो ।

मानव बेचबिखन विरुद्ध दिवसको सार्थकता
आइतबार, साउन १४, २०८०
अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले यो दिवस मनाउँदै आएको हो । दिवसमा विशेष गरी बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम हुने गर्दछन्, तर यी कार्यक्रमहरु त्यत्ति...

प्रेस युनियन पाल्पाको बैंठक : आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय
शनिबार, साउन १३, २०८०
नेपाल प्रेस युनियन पाल्पा शाखाको आठौं बैंठक तानसेनमा बसेको छ । बैंठकले युनियनलाई आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय गरेको छ ।

भगवती रथयात्राको ऐतिहासिक महत्व झल्काउनुपर्नेमा जोड
शनिबार, साउन १३, २०८०
विजय उत्सवको रुपमा लिइने भगवती रथयात्राको ऐतिहासिक महत्व झल्काउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । भगवती रथयात्रा नेपालको राष्ट्रियता, विरता, ऐतिहासिकता, रणकौशलतासँग जोडिएको विषयबस्तु भएकाले स्पष्ट धारणा बनाएर आउँदो भदौ २१ गते रथयात्रा सञ्चालन हुनुपर्नेमा सहभागीहरुले जोड दिएका हुन् ।

सिद्धबाबा सुरुङमार्गको दुवै प्रवेशद्वारमा पहिरो खस्यो
शनिबार, साउन १३, २०८०
केही दिनदेखि परेको अविरल वर्षाका कारण निर्माणधिन सिद्धबाबा सुरुङमार्गको उत्तर र दक्षिणतर्फको प्रवेशद्वारमा पहिरो गएको छ । पहिरोका कारण दुवै प्रवेशद्वारामा क्षति पुुगेको छ ।

तीन सय २२ उद्योग दर्ता
शनिबार, साउन १३, २०८०
गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय २२ उद्योग दर्ता भएका हुन् ।