गुल्मीमा एक पुरुषको शव फेला

गुल्मी, जिल्लाको मदाने गाउँपालिका –४ झार्किसल्लास्थित ढोरपाटन सडक खण्ड नजिकैको भिरमा एक पुुरुषको शव फेला परेको छ । प्यूठानको झिमरुक गाउँपालिका–२ बाँदीकोटका २५ वर्षीय प्रकाश सामत मृत अवस्थामा फेला परेका हुन् ।
बेवारिसे अवस्थामा फेटिएका उनको शव प्रहरीले पहिचानका लागि सबै तिर खबर गरेको थियो । खबर गरेलगत्तै मृतक सामतको परिवार सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले बताए । मृतक सामत १४ फागुन रातिदेखि परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । के कारणले मृत्यु भएको भन्ने बारेमा खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्