Shittalpati
विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस
विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्दै विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसाय गर्नका लागि यसको आवश्यकता भएको बताए ।
रामपुर नगर सरकारको योजना : कालीगण्डकी नदी किनारमा पैदलमार्ग
रामपुर नगर सरकारको योजना : कालीगण्डकी नदी किनारमा पैदलमार्ग विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ । शालग्रामी र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ ।
आज विश्व जनसंख्या दिवस मनाइदैं
आज विश्व जनसंख्या दिवस मनाइदैं आज विश्व जनसंख्या दिवस मनाइदैं छ । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो ।
बसाइसराई विकासको बाधक
बसाइसराई विकासको बाधक राजनैतिक वृतमा अहिले युवाहरुको आर्कषण दिनप्रति दिन बढिरहदा, देशका ३५ प्रतिशत सक्षम युवाहरु विदेशिने क्रम पनि बढेर गएको अवस्था छ । यस्तो परिस्थितिको सही मूल्याङ्कन गरेर योजना निर्माण हुन नसक्दा मुलुक वृद्धवृद्धाहरुको वासस्थानका रुपमा परिणत हुने खतरा बढ्ने संकेतहरु देखिदैं गएका छन् ।
पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो
पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् भने रु छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएइको छ । प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका...
विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ
विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 
सरकारी खाता रोक्का
सरकारी खाता रोक्का देशभरका सरकारी खाता रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो । 
११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह
११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत रू ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८९ अर्ब ७० करोड,...
वडाबाटै सामाजिक सुरक्षा भत्ता, गाउँ–गाउँमा सरकारको अनुभूति गर्न थाले वृद्धवृद्धा
वडाबाटै सामाजिक सुरक्षा भत्ता, गाउँ–गाउँमा सरकारको अनुभूति गर्न थाले वृद्धवृद्धा देश संघीय संरचनामा गएसँगै ‘सिंहदरबारका अधिकार, गाउँ–गाउँमा’ भन्ने बहस चल्यो । निर्वाचन भएर स्थानीय तहमा जनप्रतिनिधि आएपछि ‘सिंह’ आए, तर ‘दरबार’ आएनन्, भनि व्यङ्ग्य समेत हुँदै आयो । स्थानीय सरकारको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल समेत चलेको छ । यो अवधिमा धेरै स्थानीय सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेका छैन ...
गोरू पाल्ने किसानलाई प्रोत्साहन भत्ता
गोरू पाल्ने किसानलाई प्रोत्साहन भत्ता गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ ।
डरलाग्दो बन्दै ‘लम्पी स्किन’
डरलाग्दो बन्दै ‘लम्पी स्किन’ केही महिना अघि पाल्पाका पशुहरुमा देखिएको ‘लम्पी स्किन रोग’को संक्रमण अहिले देशका अधिकासं  जिल्लाहरुमा डरलाग्दो रुपमा देखिएको छ । दुई महिनाअघि ३५ जिल्लाका १५ हजार पशुमा देखिएको यो रोगको विस्तार दर डरलाग्दो देखिएको छ । संक्रमणका कारण १० हजार भन्दा बढी पशु मरेको पशु सेवा विभागले जनाएको छ ।
ललिता निवास प्रकरण : थप तीन पक्राउ
ललिता निवास प्रकरण : थप तीन पक्राउ ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप तीन आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई पक्राउ गरेको हो ।
Weather Update