बौद्धिक सम्पत्तिको संरक्षण गरौं
शनिबार, वैशाख १३, २०८२
तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण
शुक्रबार, वैशाख १२, २०८२
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण गरिएका छन् । मदन भण्डारी राजमार्ग आयोजना गुल्मीबाट २८ किलोमिटर लामो यस सडकअन्तर्गत हुलाके, फूलबारी, घमिर र धनार्जी खोलामा पुल निर्माण गरिएका हुन् । पन्थ निर्माण सेवाले २०७८ साल माघमा फूलबारी खोला पुल रू तीन करोड ३२ लाख ६८ हजार...
विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन
शुक्रबार, वैशाख १२, २०८२
धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ । विष सेवनवाट गम्भीर भएकी आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पाली समीक्षक अथक काठमाडौंमा सम्मानित
शुक्रबार, वैशाख १२, २०८२
पाल्पाली साहित्यकार तथा समीक्षक पुष्कर अथक रेग्मी काठमाडौंमा सम्मानित भएका छन् । राष्ट्रिय सुसेली फाउण्डेसनले आफ्नो सातौ वार्षिक दिवसको अवसरमा रेग्मीलाई समीक्षाको माध्यमद्वारा सुसेलीको व्यापिकरणमा पुर्याएको योगदानको कदर गर्दै समीक्षकको रूपमा सम्मान गरेको हो ।
पत्रकारमाथि दुव्र्यवहार गर्ने दीपेश यादव पक्राउ
शुक्रबार, वैशाख १२, २०८२
पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार स–ङ्कलनका क्रममा दुव्र्यवहार गरी फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ । सोमबार ८ गते समाचार सङ्कलनका क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि मर्चवारमा दुव्र्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
शुक्रबार, वैशाख १२, २०८२
लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए ।
आज विश्व औलो दिवस, नेपालमा पनि मनाइँदै
शुक्रबार, वैशाख १२, २०८२
आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
भूकम्पको सम्झना
शुक्रबार, वैशाख १२, २०८२
२०७२ वैशाख १२ गते दिनको १२ बजे नेपालमा ठूलो भुइँचालो गएको थियो । यसलाई मध्यनजर राखेर प्रत्येक वर्ष वैशाख १२ गतेलाई सम्झने गरिन्छ । त्यति बेला भूकम्पले झण्डै नौ हजार नेपालीको ज्यान लिएको थियो । उक्त भूकम्पका कारण लाखौंको संख्यामा निजी घरहरु ध्वस्तसमेत भएका थिए ।
पाल्पाको तिनाउमा सडेको अवस्थामा बेवारिसे शव फेला
बिहीबार, वैशाख ११, २०८२
जिल्लाको तिनाउ गाउँपालिकामा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । तिनाउ गाउँपालिका– ३ तिलोत्तमा सामुदायिक जङ्गलमा रहेको आँपखोलाको किनारमा आज एक पुरुषको शव फेला परेको हो ।
रामपुरका वडामा मेलमिलाप केन्द्रको अनुगमन
बिहीबार, वैशाख ११, २०८२
जिल्लाको रामपुर नगरपालिका भित्रका वडाहरुमा मेलमिलाप केन्द्रको अनुगमन गरिएको छ । नगरपालिकाको न्यायीक समितिले वडामा रहेका मेलमिलाप केन्द्रमै पुगेर मेलमिलापको प्रक्रिया र मेलमिलाप केन्द्रको अनुगमन थालेको हो ।


