विश्व निमोनिया दिवस मनाइँदै
मंगलबार, कात्तिक २७, २०८१
पाल्पा जेसीज र ‘युवाको प्रश्न नेतृत्वसँग’ को बहस
मंगलबार, कात्तिक २७, २०८१
‘शासन व्यक्तिको होइन विधिको हुनु पर्दछ’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्र्दै १८ देखी ४० वर्ष भित्रका युवाहरुको व्यक्तित्व, नेतृत्व र उद्यमशीलता विकास गर्ने अन्तर्राष्ट्रिय संस्था जेसीज हो ।
चिसोमा निमोनिया हुन सक्छ, ख्याल गरौं
मंगलबार, कात्तिक २७, २०८१
यतिबेला चिसो बढ्दो छ । चिसो मौसमसँगै मौसमी फ्लू, रुघाखोकी, निमोनिया जस्ता समस्याहरुले बढी नै सताउने गर्छ । त्यसमाथि बालबालिका, वृद्ध तथा गर्भवती र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई जाडोको यो समयमा धेरै रोग लाग्ने गर्छ । जाडो याम सुरु भएलगत्तै धेरै रोगले सताउने भएकाले उनीहरूका लागि जाडो शत्रुबराबर हुन्छ ...
भोली रामपुर नगरपालिकाले दियो सार्वजनिक बिदा
सोमबार, कात्तिक २६, २०८१
हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै विदा दिएको जनाएको हो ।
संघ र प्रदेश सरकारको बेरुजु साढे २१ अर्ब
सोमबार, कात्तिक २६, २०८१
गत आर्थिक वर्ष २०८०/८१ मा संघ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार संघ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम रु२१ अर्ब ५१ करोड ९६ लाख...
नेप्से निरन्तर उकालो यात्रामा
सोमबार, कात्तिक २६, २०८१
सेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर उकालो यात्रामा रहेको छ । आइतबार ६२ दशमलव ५४ अंकले उकालो लागेको नेप्से सोमबार पनि उकालै यात्रामा रहेको हो ।
रवि लामिछानेलाई भोली भैरहवा ल्याइँदै
सोमबार, कात्तिक २६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि भोली (मंगलबार) भैरहवा ल्याइँदै छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको कसुरमा जारी रहेको अनुसन्धानका लागि बयान लिन रविलाई भैरहवा ल्याउन लागिएको हो ।
बागलुङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
सोमबार, कात्तिक २६, २०८१
बागलुङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्युु भएको छ । जैमिनी नगरपालिका वडा नम्बर–८ को केवैबाट सदरमुकाम बागलुङ आउँदै गरेको ग २ च ९२४७ नम्बरको जिप सोमबार बिहान साढे आठ बजे ढुंगाखानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
सालझण्डी–ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशत मात्रै काम
सोमबार, कात्तिक २६, २०८१
निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ । निर्माण कम्पनीको सुस्त कामका कारण गतिलिन नसकेको आयोजनाले आरोप लगाउने गरेको छ । आयोजनाले पनि एक दुई स्थानमा मात्र ठेक्का लगाएर अन्य स्थान अलपत्रै छाडेको छ । सडक अलपत्र...
स्थानीयसँग भेटघाट गर्दै नेपाली काँग्रेसका नेता डा. भण्डारी
सोमबार, कात्तिक २६, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिका –१ हर्मिचौर र वडा नं. २ अर्बेनीका स्थानीयसँग भेटघाट गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं . १ प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीसहितका काँग्रेस नेताहरु ।
पर्यटक आगमन बढाउन ध्यान देऊ
सोमबार, कात्तिक २६, २०८१
नेपालमा अहिलेको सिजन भनेको पर्यटन आगमन हो । बाह्य पर्यटकहरूको आगमनको मुख्य सिजन भनेको सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई मानिन्छ । पर्यटन व्यवसाय नेपालको प्रमुख व्यवसायमध्ये एक हो । अहिले पर्यटकहरुको आगमनको समय भए पनि अपेक्षित रुपमा आएको पाइँदैन ।


