पूर्वगृहमन्त्री खाणका स्वकीय सचिवसहित शरणार्थी नेता रिजाललाई धरौटीमा छाड्न आदेश
शुक्रबार, मंसिर १५, २०८०
पाल्पामा ३ सय ५१ एड्स संक्रमित
शुक्रबार, मंसिर १५, २०८०
आज विश्व एड्स दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्षको एड्स दिवसको नारा ‘समुदायले नेतृत्व गरौं’ भन्ने तय गरिएको छ । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १...
रामपुरमा स्तनपान कक्षले महिला कर्मचारीलाई सहज
शुक्रबार, मंसिर १५, २०८०
रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ । स्तनपान कक्षको सुविधा भएसँगै बच्चालाई कार्यालयमा नै ल्याएर स्तनपान गराउन धेरै सजिलो भएको पञ्जीकरण शाखाका फिल्ड सहायक सिम्पल रानाले बताइन् ।
सुरक्षाको माग गर्दै चिकित्सकहरु धर्नामा
बिहीबार, मंसिर १४, २०८०
सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले चिकित्सक माथि हातपात गरेपछि चिकित्सकले सुरक्षाको माग गरेका छन् ।
रैथाने बाली जोगाउनै मुस्किल
बिहीबार, मंसिर १४, २०८०
पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाका जीवन रायमाझी चार दशकअघि अनदी जातका धान खेती गरेको अहिले पनि सम्झिरहन्छन् । चार दशकअघिसम्म उनको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए । खेतैभरि लहरै अनदीको धान फल्दा रायमाझीको मन फुरुंग हुन्थ्यो ।
रामपुरको भूपू सैनिक राईजिङ स्कुलले रजत महोत्सव मनाउँदै
बुधबार, मंसिर १३, २०८०
भुपु सैनिक राईजिङ ईङ्गलिस सेकेण्डरी स्कुल रामपुर पाल्पाले रजत महोत्सव मनाउने भएको छ । विद्यालयले २५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा मंिसर १४ गतेदेखि रजत महोत्सव मनाउने भएको हो ।
सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
बुधबार, मंसिर १३, २०८०
अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।
एसक्यूसिको राष्ट्रिय सम्मेलनमा सेन्ट कपितानियोकी ढेंगा कथा लेखनमा तृतीय
मंगलबार, मंसिर १२, २०८०
एसक्यूसिको १७ औं राष्ट्रिय सम्मेलनमा पाल्पाको सेन्ट कपितानियो स्कललकी छात्रा विनुमाया ढेगा कथा लेखन प्रतियोगितामा तृतीय भएकी छन् ।
रामपुरमा महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम
मंगलबार, मंसिर १२, २०८०
महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम भएको छ । रामपुर नगरपालिका न्यायिक समितिको आयोजनामा वडा २ र ३ का महिला दिदीबहिनीहरुको सहभागितामा रामपुर वडा २ मा एक दिने सचेतना कार्यक्रम भएको हो ।
रामपुर नगरपालिकाले गर्यो लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण
मंगलबार, मंसिर १२, २०८०
रामपुरमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण भएको छ । रामपुर नगरपालिकाले सञ्चालन गरेका योजना, सेवा प्रवाह लगायत विभिन्न ५ वटा सूचकमा रही एक कार्यक्रमका बीच परीक्षण गरिएको हो ।
बालिका हत्या आरोपी खाँ जेल चलान
मंगलबार, मंसिर १२, २०८०
गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिका हत्याका आरोपित एक व्यक्ति पूर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिका–७ का २३ वर्षीय रहिस खाँ पूर्पक्षका लागि सोमबार जेल चलान भएका हुन् ।
पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता
मंगलबार, मंसिर १२, २०८०
पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले मंगलबार पहिलो पटक तानसेन नगरपालिका –४ सिल्खानटोलका १९ वर्षीय फेलिक्स बज्राचार्यलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
नौमती बाजा बजाउँदै गुल्मीका महिला
मंगलबार, मंसिर १२, २०८०
गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउने मध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन् । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उनले बताइन् ।