Shittalpati
बजेट कार्यान्वयनलाई साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी : अर्थमन्त्री पौडेल
बजेट कार्यान्वयनलाई साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी : अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताए । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताए ।
वरिष्ठ पत्रकार चालिसेको निधन
वरिष्ठ पत्रकार चालिसेको निधन वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ । 
आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा
आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको  छ । 
सुनको भाउ तोलामा ७ सय बढ्यो
सुनको भाउ तोलामा ७ सय बढ्यो नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ...
कृषि परियोजनामार्फत आर्थिक समृद्ध बनाउँदै रुरु
कृषि परियोजनामार्फत आर्थिक समृद्ध बनाउँदै रुरु रुरुक्षेत्र गाउँपालिकाले ‘रुरु कृषि परियोजना’ सञ्चालन गरेसँगै यहाँका किसान व्यावसायिक रूपमा आयआर्जनसँग जोडिएका छन् । स्थानीय पालिकाको रु दुई करोड ३३ लाख र हेफर परियोजना नेपालको रु एक करोड लागतमा रुरुमा कृषि परियोजना सञ्चालनमा आएको हो ।
गर्मीको मौसम र स्वास्थ्यः जनचेतनाको खाँचो
गर्मीको मौसम र स्वास्थ्यः जनचेतनाको खाँचो गर्मी मौसम दिनप्रतिदिन तीव्र हुँदै गएको छ । वर्तमान अवस्थामा मानव स्वास्थ्यमा यसको गहिरो असर देखिन थालेको छ । वातावरणीय असन्तुलन, अत्यधिक तापमान र बदलिँदो मौसमी प्रवृत्तिले नागरिकको दैनिक जीवनशैलीमात्र होइन, शारीरिक र मानसिक स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पारिरहेको छ। विशेष गरी वृद्धवर्ग, बालबालिका, गर्भवती महिला र दीर्घरोगीहरूका लागि गर्मीका...
बजेटमार्फत् के-के भयो करमा हेरफेर ?
बजेटमार्फत् के-के भयो करमा हेरफेर ? सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै विभिन्न शीर्षकका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताए ।
खेलकुदमा बजेट बढ्यो
खेलकुदमा बजेट बढ्यो सरकारले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै खेल पूर्वाधार, खेलाडी प्रशिक्षण कार्यक्रम र प्रतियोगिता सञ्चालन गर्न प्राथमिकता दिने उल्लेख गरेका हुन् । 
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गरेका छन् ।
पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधन
पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधन पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गणेशबहादुर खड्काको निधन भएको छ । ८२ वर्षीय खड्काको दैलेखको नारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा आज बिहान ६ बजे निधन भएको हो ।
गणतन्त्रका १७ वर्ष
गणतन्त्रका १७ वर्ष मुलुकमा गणतन्त्र स्थापनाको १७ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र घोषणा गरेको थियो । झण्डै साढे दुई शताब्दी पुरानो शाहवंशीय राजतन्त्रको अन्त्यसँगै घोषणा गरिएको गणतन्त्र उमेरले वयस्क भए पनि अझै संस्थागत हुने क्रममै छ । प्रथम संविधान सभाबाट घोषणा भएको...
Weather Update